स्थगित प्रदेश २ को एसईई परीक्षा २२ चैतदेखि, कुन विषयको परीक्षा कहिले ?



हाम्रो इकोनोमि

 

 

राष्ट्रिय परीक्षा बोर्डले प्रदेश २ मा स्थगित गरिएको यस वर्षको माध्यामिक शिक्षा परीक्षा (एसईई) को परीक्षा चैत २२ देखि २९ गतेसम्म सञ्चालन गर्ने निर्णय गरेको छ ।

बोर्डको सोमबार बिहान बसको बैठकले २२ देखि २९ गतेसम्म परीक्षा सञ्चालन गर्ने निर्णय गरेको हो ।

हावाहुरीले कुनै परीक्षा केन्द्रमा क्षति पुगेको भए त्यसको व्यवस्थापन मिलाउन बोर्ड बैठकले जिल्ला परीक्षा समन्वय समितिलाई आग्रह गरेको छ।

बोर्डले रद्द गरिएको विज्ञान विषयको परीक्षा चैत २२ गते, २३ गते सामाजिक, २४ गते स्वास्थ्य तथा जनसंख्या, २५ गते ऐच्छिक प्रथम, २६ गते ऐच्छिक द्वितीय र २७ देखि २९ गतेसम्म प्राविधिक विषयहरुको परीक्षा लिने जनाएको छ ।

प्रदेश–२ मा विज्ञान, सामाजिक र स्वास्थ्य, जनसंख्या तथा वातावरण शिक्षाको प्रश्नपत्र लगातार बाहिरिएको थियो ।

प्रश्नपत्र बाहिरिएपछि प्रदेश सरकारले त्यहाँको परीक्षा स्थगनको निर्णय गरेको थियो ।

अहिले प्रश्नपत्र आउटबारे गठन भएको छानबिन समितिले यसबारे अध्ययन गरिरहेको छ ।

प्रतिक्रिया दिनुहोस
एमाले अध्यक्ष ओली र काँग्रेस सभापति देउवाबीच भेटवार्ता

    नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओली र नेपाली काँग्रेसका सभापति...

प्रधानमन्त्री निवास बालुवाटारमा सर्वपक्षीय बैठक

    बालुवाटारमा सर्वपक्षीय बैठक जारी छ । प्रधानमन्त्री निवास बालुवाटारमा केहीबेर अघिबाट...

मधेशमा विवादित नियुक्ति: आदेश उल्लङ्घन र पद दुरुपयोग आरोप

मधेश प्रदेशमा सरकार सञ्चालनका क्रममा देखिएको एक बहुचर्चित निर्णय अहिले राजनीतिक, कानुनी तथा...

चुनावको तयारीबारे ब्रिफिङ गर्दै निर्वाचन आयोग

    चुनावको तयारीबारे निर्वाचन आयोगले सरकार र राजनीतिक दलहरूलाई एकसाथ ब्रिफिङ गर्दैछ...