चितवनबाट ३५ जनाको चिकित्सक टोली बारा–पर्सा जाँदै



हाम्रो इकोनोमि

 

तराईका हावाहुरी प्रभावित जिल्लामा चितवनबाट चिकित्सकको टोली पठाइने भएको छ । हावाहुरीले बारा, पर्सालगायतका जिल्लाका अस्पतालमा चिकित्सकको अभाव खड्किएपछि चितवनबाट चिकित्सकसहितको स्वास्थ्यकर्मीको टोली पठाउन लागिएको हो ।

 

चितवन मेडिकल कलेजबाट ३५ जनाको चिकित्सकसहितको स्वास्थ्यकर्मीको टोली त्यसतर्फ जाने तयारीमा रहेको प्रमुख जिल्ला अधिकारी जीतेन्द्र बस्नेतले राससलाई जानकारी दिनुभयो । चिकित्सकसहितको स्वास्थ्यकर्मीको टोलीले प्राथमिक उपचारका सामग्री र औषधिसमेत लैजाने बस्नेतले बताउनुभयो । अन्य अस्पतालबाट पनि चिकित्सक पठाउने तयारी भइरहेको उहाँले जानकारी दिनुभयो ।

 

रक्तदान कार्यक्रमको आयोजना

तराईका हावाहुरी प्रभावित जिल्लामा रगतको अभाव भएपछि चितवनमा रक्तदान कार्यक्रमको आयोजना गरिएको छ । भरतपुरको चौविसकोठीमा आइतबार ११ बजे खुला रक्तदान कार्यक्रमको आयोजना गरिएको छ ।

 

चितवनका सामाजिक अभियानकर्मी, विभिन्न सङ्घसंस्था क्लबलगायतले रक्तदान कार्यक्रमको आयोजना गरेको सहयोगी हात संस्थाका सञ्चालक तथा सामाजिक अभियानकर्मी सूर्य पौडेलले जानकारी दिनुभयो ।

 

उपराष्ट्रपतिका छोरा रातारात उद्धार गर्न पुगे बारा–पर्सा

 

उपराष्ट्रपति नन्दबहादुर पुनका छोरा दीपेश पुन साथीहरूसहित बारा–पर्सा पुगेका छन् । आइतबार राति अकस्मात आएको हावाहुरीले क्षति पु¥याएका स्थानको उद्धारका लागि दीपेश बारा बारा–पर्सा पुगेका हुन् । दीपेशले बिरामीहरूको उपचारका लागि रगत अभाव भएपछि आफैले रक्तदान गरेका छन् ।

 

आफूसँगै गएका युवाहरूलाई पनि रक्तदान र उद्धारमा सक्रिय गराएका छन् । दीपेश आइतबार मध्य राति नै बारा–प्रर्सा प्रस्थान गरेका थिए ।विभिन्न विवादास्पद गतिविधिमा संलग्न रहेको भनेर आलोचना खेप्दै आएका उपराष्ट्रपति पुनका छोरा दीपेश पुनले बारा–पर्सामा उद्धारको कार्यमा देखाएको प्रयासको नेकपाका नेता तथा कार्यकर्ताहरूले प्रशंसा गरेका छन् ।

प्रतिक्रिया दिनुहोस
नवनिर्वाचित राष्ट्रिय सभा सांसदहरूको शपथ

    माघ ११ गते सम्पन्न राष्ट्रिय सभा निर्वाचनबाट निर्वाचित भएका सांसदहरूले शपथ...

नीति र नेतृत्वलाई जनताले अस्वीकार गरे : योगेश

    नेकपा एमालेका उपमहासचिव योगेश भट्टराईले हालै सम्पन्न निर्वाचनको परिणामले पार्टीको नीति...

कार्की आयोगले बुझायो जेनजी आन्दोलनको प्रतिवेदन

    गत भदौमा भएको नेपालमा भएको जेनजी आन्दोलनमा भएका घटना र सरकारी...

ताप्लेजुङमा एमालेका क्षितिज थेबे विजयी

    प्रतिनिधिसभा सदस्यका लागि ताप्लेजुङबाट नेकपा (एमाले)का उमेदवार क्षितिज थेबे विजयी भएका...