अपडेटः मृत्यु हुनेको संख्या ३१ पुग्यो, उद्धार कार्य जारी, ५ सय भन्दा धेरै घाइते



हाम्रो इकोनोमि

 

बारा- भिषण हावाहुरीबाट बारा र पर्सा गरी मृत्यु हुने संख्या ३१ पुगेको  छ। आइतबार रातीआचानक आएको हावाहुरीका कारण बारामा ३४ र पर्सामा १ जनाको ज्यान गएको प्रदेश प्रहरी कार्यालय जनकपुरले जनाएको छ ।

 

५ सय भन्दा धेरै ब्यक्तिहरु घाइते भएका छन् । यीमध्ये करिब एक सय भन्दा धेरै घाइतेहरुको अवस्था गम्भिर रहेको प्रहरीले जनाएको छ । अस्पतालहरुमा बिरामी खचाखच भएपछि भुइमै राखेर उपचार थालिएको छ ।

 

गम्भीर प्रकृतिका घाइतेको संख्या धेरै भएको हुँदा क्षतिको विवरण अझै बढ्न सक्ने बाराका प्रमुख जिल्ला अधिकारी राजेश पौडेलले जानकारी दिए । अस्पतालमा विरामीको चाप बढेसँगै घाइतेहरुको उपचापर निशुल्क गर्न दुवै जिल्लाका प्रमुख जिल्ला अधिकारीहरूले निर्देशन दिएका छन् ।

 

हावाहुरीले धेरै ठाउँमा यात्रुवाहक सवारीसाधन पल्टाउनुका साथै माटोबाट बनेका घरहरूमा क्षति पुगेको बताइएको छ । प्रदेश नं २ को सरकारका मुख्य न्यायाधिवक्ता दीपेन्द्र झाका अनुसार बाराका भलुही, भरवलिया र फेटा सबैभन्दा बढी प्रभावित भएका छन्।

 

यसअघि गएराति १०ः३७ मा ट्वीट गर्दै प्रधानमन्त्री केपी शर्मा ओलीले अहिलेसम्म २५ जनाको ज्यान गएको र झन्डै चार सय जना घाइते भएको जानकारी प्राप्त भएको भन्दै शोक व्यक्त गरेका थिए ।

 

एक्कासी आएको हावाहुरीका कारण रुख, बिजुलीको पोल, घरको छानामा चेपिएर उनीहरुको ज्यान गएको प्रहरीले जनाएको छ । मृतकहरु मध्ये आधिकांश बालबालिका र वृद्धवृद्धा रहेको बताइको छ । घटनामा घाइते भएका दुइसयभन्दा बढीको वीरगंज र नजिकका अस्पतालहरुमा उपचार भइरहेको छ ।

प्रभावित जिल्लाहरूमा उद्धारका लागि नेपाल प्रहरी, नेपाली सेना र सशस्त्र प्रहरी बलका सुरक्षाकर्मी तथा स्वयंसेवकहरू परिचालित भएका छन् । रातभरी उद्धार कार्यमा खटिएका सुरक्षाकर्मीहरु आज बिहानैदेखि उद्धार कार्यलाई तिब्र गतिमा अघि बढाएका छन् ।

प्रतिक्रिया दिनुहोस
संसद्को रोस्ट्रमबाट रविले मागे दलित समुदायसँग माफी

    राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा)का सभापति रवि लामिछानेले प्रतिनिधिसभाको रोस्ट्रमबाट दलित समुदायसँग माफी...

व्यावसायी दीपक भट्ट काठमाडौंबाट पक्राउ

    सम्पत्ति शुद्धीकरणको अनुसन्धानमा रहेका व्यावसायी दीपक भट्ट पक्राउ परेका छन् ।...

नबिल बैंकको अविमोच्य असञ्चिति अग्राधिकार शेयरको धितोपत्रको दोस्रो बजारमा कारोबार सुरु

    नबिल बैंकको ‘नबिल ८ प्रतिशत अविमोच्य असञ्चिति अग्राधिकार शेयर’को धितोपत्रको दोस्रो...

सबै दलका शीर्ष नेताले संसदमा सम्बोधन गर्ने

    फागुन २१ को निर्वाचनपछि बस्न लागेको प्रतिनिधि सभाको पहिलो बैठकलाई आज...