भूकम्पपछि अहिलेसम्मकै ठूलो विपत्ति : बाराका यी तस्विरले संसारलाई रुवायो



हाम्रो इकोनोमि

 

नेपालमा भूकम्पपछि अहिलेसम्मकै ठूलो दैविक विपत्ति परेको छ । आइतबार साँझ एक्कासी आएको हावाहुरीका कारण पर्सा र बारामा मृत्यु हुनेको संख्या २५ नाघेको छ। ४०० भन्दाबढी घाईते भएका छन् । अझै धेरैको उद्धार बाँकी छ । मृतकको संख्या बढ्नसक्नेछ ।

 

बारा र पर्साका विभिन्न स्थानमा आएको हावाहुरीका कारण २५ जनाको मृत्यु भएको र ४ सयभन्दा बढी घाइते भएको भन्दै प्रधानमन्त्री केपी शर्मा ओलीले ट्वीट गरेका छन्। मृत्यु हुनेको पहिचान खुल्न सकेको छैन भने घाइतेको उद्धार भइरहेको बताइएको छ। उनीहरुलाई उपचारका लागि विभिन्न स्थानका अस्पताल पुर्याउने काम भइरहेको बताइएको छ।

 

ग्रामीण क्षेत्रमा आएको हावाहुरीका कारण घर, पर्खाल भत्किनाका साथै ठूलो जनधनको क्षति भएको हो। हुरीका कारण आपत्मा परेकाहरुको उद्धारमा नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी तथा स्थानीयवासी खटिएको प्रहरीले जनाएको छ। यसैबीच प्रधानमन्त्री केपी शर्मा ओलीले डरलाग्दो ऑधिरहुरीबाट धनजनको अकल्पनीय क्षति भएको भन्दै दुःख व्यक्त गरेका छन्।

 

सामाजिक सञ्जाल ट्विटरमा उनले भनेका छन्, ुयस आकस्मिक क्षतिप्रति गहिरो दुस्ख व्यक्त गर्दछु। उद्दारमा सुरक्षाकर्मीहरू परिचालित भईसकेका छन्। उद्धारमा गंभीर हुन र घाईतेको उपचारमा कुनै कमी आउन नदिन समेत प्रधानमन्त्रीले निर्देशन गरेको ट्विटमा उल्लेख छ। यो ठूलो विपत्तिका केही तस्विरहरु बाहिर आएका छन् । जसले अहिले संसार रोएको छ ।

प्रतिक्रिया दिनुहोस
ओली समूहको फाइनल प्यानल यस्तो बन्यो

ओली समूहले पनि आफू पक्षीय उम्मेदवारहरूको छुट्टै सूची पनि सार्वजनिक गरेको छ ।...

यस्तो छ ईश्वर पोखरेल प्यानल सूची

  नेकपा एमालेको अध्यक्षमा उम्मेदवारी दिनुभएका ईश्वर पोखरेल समूहले आफ्नोतर्फको प्यानल तयार पारेको...

सतुङ्गलमा मोटरसाइकल दुर्घटना हुँदा एकजनाको मृत्यु

चन्द्रागिरि नगरपालिका–१२ सतुङ्गलमा गएराति मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ ।...

एमालेको प्रचारप्रसार गर्न ज्योति मगर भृकुटी मण्डप पुगिन्

  दोहोरी गायिका ज्योति मगर नेकपा एमालेको महाधिवेशनस्थल भृकुटीमण्डप पुगेकी छन् । मंगलबार...