अभिनेत्री सोनाक्षी सिन्हा भन्छिन् : अब म एक्लै बस्न सक्दिन विवाह गर्नलाई केटा चाहियो



हाम्रो इकोनोमि

 

चर्चित बलिउड अभिनेत्री सोनाक्षी सिन्हा उनको आगामी फिल्म ‘कलंक’को कारण निकै चर्चामा आउन थालेकी छन् ।

उनी यसै फिल्मको प्रचार–प्रसारका लागि एक टिभी शोमा पुगेकी थिइन् ।

उनको साथमा को–स्टार बरुण धवन र अर्की अभिनेत्री आलिया भाट पनि सँगै थिए ।

उक्त टिभी शोमा तीनै जना कलाकारहरु बरुण धनव, आलिया र सोनाक्षीलाई विहेको बारेमा प्रश्न गरिएको थियो ।

जहाँ ‘तपाईहरु तीनै जनाले विहे गर्दै हुनुहुन्छ रु सबै भन्दा पहिले कसले विहे गर्दै हुनुहुन्छ रु लगाएतका प्रश्न गरिएको थियो ।

अभिनेत्री सोनाक्षीले यस प्रश्नको उत्तर फर्काउँदै भनिन्, ‘मैले आलिया र बरुण भन्दा पहिल्यै विहे गर्न चाहन्छु । विहेको लागि तयार छु ।

अब घरबार जमाउनुपर्छ । अहिले मैले जीवनसाथीलाई खोजिरहेकी छु ।’

अभिनेत्री सोनाक्षीले यसो भनिरहँदा समाचारमा भने, उनले नोटबुकफेम अभिनेता जहीर इकबाललाई डेट गरिरहेकी उल्लेख हुँदै आएको छ ।

अभिनेता जहीरले इन्टाग्राममा सोनाक्षीलाई जन्मदिनको शुभकामना दिएका थिए ।

तर अहिलेसम्म यो जोडीको डेटिङको आधिकारिक पुष्टी भने भएको भएको छैन् । एजेन्सी

प्रतिक्रिया दिनुहोस
संसद्को रोस्ट्रमबाट रविले मागे दलित समुदायसँग माफी

    राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा)का सभापति रवि लामिछानेले प्रतिनिधिसभाको रोस्ट्रमबाट दलित समुदायसँग माफी...

व्यावसायी दीपक भट्ट काठमाडौंबाट पक्राउ

    सम्पत्ति शुद्धीकरणको अनुसन्धानमा रहेका व्यावसायी दीपक भट्ट पक्राउ परेका छन् ।...

नबिल बैंकको अविमोच्य असञ्चिति अग्राधिकार शेयरको धितोपत्रको दोस्रो बजारमा कारोबार सुरु

    नबिल बैंकको ‘नबिल ८ प्रतिशत अविमोच्य असञ्चिति अग्राधिकार शेयर’को धितोपत्रको दोस्रो...

सबै दलका शीर्ष नेताले संसदमा सम्बोधन गर्ने

    फागुन २१ को निर्वाचनपछि बस्न लागेको प्रतिनिधि सभाको पहिलो बैठकलाई आज...