भारतले आफ्नै ६ फौजीको हत्या गर्यो, हेलिकोप्टर पनि खसाल्यो:पाकिस्तानी मिडिया



हाम्रो इकोनोमि

 

पाकिस्तानमा बढ्दो महँगी र भारत–पाकिस्तानको आपसी सम्बन्धसँग जोडिएका खबरपाकिस्तानबाट छापिने उर्दू पत्रिकामा यो हप्ता  चर्चामा रह्यो ।

सबैभन्दा पहिले भारत–पााकिस्तानको आपसी सम्बन्धबारे कुरा गरौं ।

पाकिस्तानी मिडियाको दाबी अनुसार २७ फेब्रुअरीमा जुन भारतीय हेलिकोप्टर दुर्घटना भएको थियो त्यसमा सवार पाँचजना मारिएका थिए, उनीहरु कुनै दुर्घटनाको शिकार नभई त्यसलाई भारतीय सेना आफैंले खसालेको थियो ।

पत्रिका जंगले आफ्नो पहिलो पानामा यसबारे लेखेको छ जसको हेडलाइन छ, ‘भारतले आफ्नै ६ फौजीको हत्या गर्यो, हेलिकोप्टर पनि ध्वस्त ।’

भारतीय सेनाले आफ्नै हेलिकोप्टर खसाल्योः

पत्रिकाले लेखेको छ, ‘भारतको अर्को एउटा झुट भारतीय मिडिया आफैंले पर्दाफास गरेको छ । भारतीय वायुसेनको हेलिकोप्टर कुनै प्राविधिक खराबीका कारण नभई भारतीय सेनाको मिसाइलले ध्वस्त भएको थियो जसका कारण ६ सैनिक मारिएका थिए ।’

भारतीय मिडियाको हवाला दिँदै पत्रिका लेख्छ, ‘भारतीय सेनाले मृतकका परिवार र पूरा भारतसँग झुट बोल्यो । यो घटनाले भारत र पाकिस्तानी सेनाबीच कति फरक छ, त्यो कुरा दर्साउँछ ।’

यस्तै पत्रिका नवा–ए–वक्तले हेडलाइन बनाएको छ, ‘पाकिस्तानी वायुसेनासँग भयभीत भारतीय सेनाले आफ्नै हेलिकोप्टर खसालेको थियो ।’

उक्त पत्रिका अनुसार भारतले फेब्रुअरी २७ तारिखमा पाकिस्तानी वायुसेनासँग झडपको क्रममा डरका कारण मिसाइल प्रक्षेपण गरेर आफ्नो हेलिकोप्टर आफैं खसालेको थियो ।

‘भारतीय सेनाले साथी र दुश्मनलाई चिन्न छोडेको थियो । पाकिस्तानसँग झडप भएको दिन श्रीनगर नजिक भारतीय वायुसेनाको एमआई वी–५ हेलिकोप्टर खसालेको थियो जसमा ६ जनाको हत्या भएको थियो,’ उक्त पत्रिकाले भनेको छ ।

भारतीय पत्रिका इकोनोमिक टाइम्समा छापिएको खबरलाई हवाला दिँदै पत्रिका नवा–ए–वक्तले लेखेको छ, ‘भारतीय समूह यस्तो कसरी भयो भनेर अनुसन्धान गरिरहेको छ । जो अधिकारी दोषी ठहर हुनेछन् उनीहरुविरुद्ध कोर्ट मार्शलको कारवाही गरिनेछ ।’

प्रतिक्रिया दिनुहोस
प्रधानमन्त्री कार्की र पूर्वराष्ट्रपति भण्डारीबीच भेटघाट

   प्रधानमन्त्री सुशीला कार्की र पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीबीच भेटवार्ता भएको छ । भण्डारी...

पोखरा विमानस्थल भ्रष्टाचारमा पाँच पूर्वमन्त्रीलाई मुद्दा

    अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पोखरा अन्तर्राष्ट्रिय विमानस्थल निर्माणमा भएको भ्रष्टाचारसम्बन्धी मुद्दा...

महाधिवेशनको उद्घाटनमा सहभागी हुन पार्टीका सदस्यको घरघरमा पत्र

    नेपाल कम्युनिष्ट पार्टी (एमाले) को यही मङ्सिर २७ गतेदेखि सुरू हुने...

प्रतिनिधिसभाको उम्मेदवारका लागि रास्वपाले २५ हजार लिने

    राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा...