मानोमानी ढंगले शूल्क लिने काठमाडौंका तीन कलेजमा नेविसंघले तोडफोड गर्याे, १५ नेता पक्राउ



हाम्रो इकोनोमि

 

नेपाली काँग्रेसको भ्रातृ संगठन नेपाल विद्यार्थी संघले पोखरा विश्वविद्यालयबाट सम्बन्धन प्राप्त काठमाडौँका तीनवटा एपेक्स कलेज, राजधानी कलेज, एसएम कलेजमा तोडफोड गरेको छ । काठमाडौँस्थित उक्त कलेजमा मानोमानी ढंगले शूल्क लिने गरेको भन्दै तोडफोड गरिएको नेविसंघका नेता मनिष सिंखडाले जानकारी दिए ।

 

ताेडफाेडकाे क्रममा प्रहरीले १५ जना विद्यार्थीलाई प्रहरीले नियन्त्रणमा लिएको छ । नेविसंघका विद्यार्थीले एपेक्स ,टाईम्स, राजधानी लगायतका कलेजमा माफिया पेन्टिङ गरेका छन् ।

 

गत शुक्रबारबाट सुरु भएको व्यवस्थापन संकायको स्नातक पहिलो वर्षको पहिलो सेमेष्टरको परीक्षा दिन विद्यार्थी बञ्चित भएपछि कलेजहरुको लापरवाहीका कारण ३ सय बढी विद्यार्थीको भविष्य अन्योलमा परेको भन्दै नेविसंघ आन्दोलनमा उत्रिएको हो ।

प्रतिक्रिया दिनुहोस
एमाले अध्यक्ष ओली र काँग्रेस सभापति देउवाबीच भेटवार्ता

    नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओली र नेपाली काँग्रेसका सभापति...

प्रधानमन्त्री निवास बालुवाटारमा सर्वपक्षीय बैठक

    बालुवाटारमा सर्वपक्षीय बैठक जारी छ । प्रधानमन्त्री निवास बालुवाटारमा केहीबेर अघिबाट...

मधेशमा विवादित नियुक्ति: आदेश उल्लङ्घन र पद दुरुपयोग आरोप

मधेश प्रदेशमा सरकार सञ्चालनका क्रममा देखिएको एक बहुचर्चित निर्णय अहिले राजनीतिक, कानुनी तथा...

चुनावको तयारीबारे ब्रिफिङ गर्दै निर्वाचन आयोग

    चुनावको तयारीबारे निर्वाचन आयोगले सरकार र राजनीतिक दलहरूलाई एकसाथ ब्रिफिङ गर्दैछ...