तीन हप्ताकी बालिकाको पोर्न भिडियो बनाउनेलाई यस्तो सजाय दिइयो, सुनेर अदालतमै भए बेहोस



हाम्रो इकोनोमि

 

अमेरिकामा रोड आइल्याण्ड नामको एउटा स्थान छ । यहाँ थोमस गुडम्यान नामका एक व्यक्ति बस्छन् ।

यी व्यक्तिले तीन हप्ताभन्दा पनि कम उमेरकी बालिकाको थुप्रै पोर्न भिडियो बनाएका थिए ।

यी भिडियोमा उनी बालिकाको शरिरलाई गलत तरिकाले छोइरहेको देख्न सकिन्छ । बालिका १८ महिना हुञ्जेलसम्म दोषीले लगातार भिडियो बनाइरहे ।

उनी ती भिडियोलाई चाइल्ड पोर्नेग्राफी वेबसाइटमा पनि सेयर गर्दथे ।

करिब १० वर्षपछि शुक्रबार अमेरिकाको रोड आइल्याण्ड जिल्ला कोर्टले यो निर्णय सुनायो ।

थोमसबारे यो कुरा त्यो दिन सार्वजनिक भयो जब उनी काम गरिरहेका बेला स्मार्टफोन प्रयोग गर्न थाले । र उनका बोसले फोन खोसे ।

फोन हेर्दा उनले थुप्रै बच्चाहरुलाई गलत तरिकाले छोएको तस्बिर र चाइल्ड पोर्नोग्राफी भिडियो थिए । त्यसपछि यो सबै घटना पुलिससम्म पुग्यो ।

अदालतले ४५ वर्षका थोमसलाई २६० वर्षको सजाय सुनाएका ेछ । त्यसपछि उनी अदालतमै बेहोस भए ।

प्रोभिडेन्स जर्नललाई उद्धृत गर्दै डेली मेलले भन्यो, ‘न्यायाधिसले सजाय सुनाइरहेका बेला गुडम्यान अगाडिको टेबलमा बेहोस भएर लडे ।’

डेलिमेलमा छापिएको एक रिपोर्ट अनुसार अदालतले उनलाई यो सजाय जसरी पनि भोग्नैपर्ने बताएको छ किनभने यो घटनाको अनैतिकताको स्तर निकै उच्च छ । थोमस थुप्रै बालिकाको यौन शौषणाका दोषी हुन् ।

एक ६ वर्षकी बालिका पनि छिन् जसको ६ वर्षसम्म शोषण भयो । अदालतले उनलाई नवजात शिशुको यौन शौषण र पोर्नेग्राफी बनाएको बाहेक सात बालिकामाथिको यौन शौषणमा दोषी ठहर ग–यो ।

प्रत्येक मामलामा उनलाई ३० वर्षको सजाय भएको छ । चाइल्ड पोर्नेग्राफी बनाएको, फोनमा राखेको र हेरेको आरोपमा उनलाई २० वर्षको थप सजाय भएको छ ।

कूल २६० वर्षको जेल, जुन उनले जमानत बिना नै पूरा गर्नुपर्छ ।

दोषी गुडम्यान होसमा आएपछि न्यायाधिसले केही भन्नु छ भनेर सोध्दा उनले आफूले गरेको कृत्यमा स्पष्टिकरण दिनका लागि आफूसँग केही नभएको बताए ।

प्रतिक्रिया दिनुहोस
इरानलाई पूर्णरुपमा समाप्त पर्ने ट्रम्पको धम्की

    अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानसँग तत्कालै सम्झौता नभए पूरै देश नै...

अख्तियार प्रमुख र गृहमन्त्रीबीच भेट, ठूला माछा समात्ने तयारी

    गृहमन्त्री सुधन गुरुङले अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख आयुक्त प्रेमकुमार राईलाई...

१०५ अंक घट्यो सेयर बजार

    आइतबार नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा उच्च अंकको गिरावट आएको छ...

यस्ता छन मन्त्रिपरिषद् बैठकका निर्णय

    सरकारले आइतबार दिउँसो बसेको मन्त्रिपरिषद् बैठकका प्रमुख निर्णयहरू सार्वजनिक गरेको छ...