प्रधानमन्त्री ओलीले भने समृद्ध नेपाल, सुखी नेपालीको सबै आधार तयार



हाम्रो इकोनोमि

 

प्रधानमन्त्री केपी शर्मा ओलीले समृद्धिका लागि सबै खालका आधार र संरचना तयार भएको बताउनु भएको छ । काठमाडौंमा आइतवार रिपोर्टर्स क्लब नेपालको २१ औं वार्षिकोत्सवको अवसरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले असहज अवस्थामा कानून निर्माण र संरचना बनाइएको बताउनु भयो ।

 

‘समायोजन सहज थिएन, तर सकेका छौं । कानून बनाएका छौं, संविधानकार्यान्वय नगर्ने कानून र संरचना निर्माणमा सफलता प्राप्त गरेका छौं’, उहाले भन्नुभयो, ‘समृद्ध नेपालः सुखी नेपालीको सबै आधार तयार भएको छ ।’ समृद्ध नेपाल आफैं बनाउन सक्षम रहे पनि समय लाग्ने भएकाले विदेशीसँग सहकार्य गर्ने प्रयत्न गरेको प्रधानमन्त्रीले बताउनु भयो । ‘त्यसकालागि लगानी सम्मेलन उत्साहजनक ढंगले सम्पन्न गर्‍यौं, राष्ट्र एक ठाउँमा रह्यो’, उहाले भन्नुभयो, ‘सम्पूर्ण प्रयास एक दिशा र एक आवाजका साथ बढेको सन्देश पनि दिएका छौं ।’

 

प्रधानमन्त्रीले नेपालमा द्वन्द्व चर्काउने प्रयास पटक–पटक भएपनि त्यस्ता प्रयास असफल बनाइएको उल्लेख गर्नुभयो । ‘हाम्रो देशमा विभिन्न नाममा द्वन्द्व चलाउने, फोटो लगाउने, अनेक नाममा लडाउन खोज्ने पृथकताका सोचहरूलाई अन्त्य गरेका छौं’, उहाले भन्नुभयो, ‘अब देश पृथकतावाद, टुक्र्याउनुपर्छ भन्ने माग नरहेको अवस्थामा छ । एकजुट अवस्थामा छ ।’

 

प्रधानमन्त्री ओलीले अहिलेको अवस्था जसरी पनि विरोध र जसरी पनि समर्थन गर्नुपर्ने अवस्थामा नरहेको भन्दै सकारात्मक सोच राख्न प्रेरित गर्नुभयो ।

 

‘सञ्चारमाध्यम र सामाजिक सञ्जालमा प्रस्तुत हुने युवाले हामी विकसित दुनियाँका सन्तान भन्दापनि सभ्य र सुसंस्कृत समाजका हौं भन्ने भुल्नु हुँदैन’, उहाले भन्नुभयो, ‘हामीले आफ्नो समाज, इतिहास र सभ्यता विकासको परम्परा र गौरवलाई भुल्नु हुँदैन ।’

प्रतिक्रिया दिनुहोस
नीति र नेतृत्वलाई जनताले अस्वीकार गरे : योगेश

    नेकपा एमालेका उपमहासचिव योगेश भट्टराईले हालै सम्पन्न निर्वाचनको परिणामले पार्टीको नीति...

कार्की आयोगले बुझायो जेनजी आन्दोलनको प्रतिवेदन

    गत भदौमा भएको नेपालमा भएको जेनजी आन्दोलनमा भएका घटना र सरकारी...

ताप्लेजुङमा एमालेका क्षितिज थेबे विजयी

    प्रतिनिधिसभा सदस्यका लागि ताप्लेजुङबाट नेकपा (एमाले)का उमेदवार क्षितिज थेबे विजयी भएका...

धनकुटाबाट एमालेका राजेन्द्र राई विजयी

    धनकुटामा राजेन्द्र राई तेस्रो पटक विजयी हुँदै  ह्याट्रिक गरेका छन् ।...