भोलिदेखी कोरियामा नयाँ नियम लागु हुँदै..जानि राख्नुहोस् नत्र फन्दामा परिएला??



हाम्रो इकोनोमि

 

कोरियामा वायु प्रदुषण बढेसंगै कोरियाको वातावरण मन्त्रालयले प्लास्टिकजन्य फोहोर कम गर्न र यहाँको वातावरण संरक्षण गर्नको लागी अप्रिल १ तारिखदेखी लागु हुनेगरी पुन प्रयोग गर्न नसकिने प्लास्टिक झोलाहरु प्रयोग बन्द गर्न लागेको मन्त्रालयले जनाएको छ ।

मन्त्रालयले बताएअनुसार अप्रिल १ तारिखदेखी कोरियाका करिब २००० मार्टहरु तथा करिब ११००० ठुला सुपरमार्केट मा किनमेल गर्ने ग्राहकहरुलाई प्लास्टिक झोलाहरु तथा डिस्पोजेबल प्लास्टिकका सामानहरु प्रदानगर्न निषेध गरिनेछ ।

डिपार्टमेन्ट स्टोर्स तथा ठुला महलहरु पनि परिवर्तित नियममा रहनुपर्ने भएको छ।

जसमा पुन पर्योग र पुन चक्रण जस्ता बिधि अपनाएर फोहोर ब्यबस्थापन गरी वातावरणीय पर्यावरण जोगाउने अभियानमा अनिवार्य अनुबन्धन हुनुपर्ने संसोधित नियममा उल्लेख गरिएको छ ।

साथै उक्त नियम साना खुद्रा ब्यापारी लगायत सर्वसाधारण लाई समेत लागु हुने जनाईएको छ ।यदि नियम उल्लङ्घन गरेको खन्डमा ३० लाख कोरियन वन करिब २६४४ अमेरिकी डलर जरिवाना हुने छ ।

भिजेका बस्तुहरु जस्तै माछा तथा मासु , माटो लागेको तरकारी आईटम , आईसक्रिम तथा त्यस्ता बस्तु जुन सामान्य तापक्रममा पग्लिन्छन त्यस्ता सामानहरुको लागी भने प्लास्टिक झोला प्रयोग गर्न पाईनेछ ।

“समाजका सबै सदस्यहरु डिस्पोजेबल बस्तुहरुको प्रयोग घटाउने अभियानमा सक्रिय रुपमा साथ दिन आग्रह गरिएको छ, ताकी हाम्रो भाबी सन्ततीलाई राम्रो वातावरण प्रदान गर्न सक्छौँ ।”

प्रतिक्रिया दिनुहोस
प्रधानमन्त्री कार्की र पूर्वराष्ट्रपति भण्डारीबीच भेटघाट

   प्रधानमन्त्री सुशीला कार्की र पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीबीच भेटवार्ता भएको छ । भण्डारी...

पोखरा विमानस्थल भ्रष्टाचारमा पाँच पूर्वमन्त्रीलाई मुद्दा

    अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पोखरा अन्तर्राष्ट्रिय विमानस्थल निर्माणमा भएको भ्रष्टाचारसम्बन्धी मुद्दा...

महाधिवेशनको उद्घाटनमा सहभागी हुन पार्टीका सदस्यको घरघरमा पत्र

    नेपाल कम्युनिष्ट पार्टी (एमाले) को यही मङ्सिर २७ गतेदेखि सुरू हुने...

प्रतिनिधिसभाको उम्मेदवारका लागि रास्वपाले २५ हजार लिने

    राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा...