भोलिदेखी कोरियामा नयाँ नियम लागु हुँदै..जानि राख्नुहोस् नत्र फन्दामा परिएला??



हाम्रो इकोनोमि

 

कोरियामा वायु प्रदुषण बढेसंगै कोरियाको वातावरण मन्त्रालयले प्लास्टिकजन्य फोहोर कम गर्न र यहाँको वातावरण संरक्षण गर्नको लागी अप्रिल १ तारिखदेखी लागु हुनेगरी पुन प्रयोग गर्न नसकिने प्लास्टिक झोलाहरु प्रयोग बन्द गर्न लागेको मन्त्रालयले जनाएको छ ।

मन्त्रालयले बताएअनुसार अप्रिल १ तारिखदेखी कोरियाका करिब २००० मार्टहरु तथा करिब ११००० ठुला सुपरमार्केट मा किनमेल गर्ने ग्राहकहरुलाई प्लास्टिक झोलाहरु तथा डिस्पोजेबल प्लास्टिकका सामानहरु प्रदानगर्न निषेध गरिनेछ ।

डिपार्टमेन्ट स्टोर्स तथा ठुला महलहरु पनि परिवर्तित नियममा रहनुपर्ने भएको छ।

जसमा पुन पर्योग र पुन चक्रण जस्ता बिधि अपनाएर फोहोर ब्यबस्थापन गरी वातावरणीय पर्यावरण जोगाउने अभियानमा अनिवार्य अनुबन्धन हुनुपर्ने संसोधित नियममा उल्लेख गरिएको छ ।

साथै उक्त नियम साना खुद्रा ब्यापारी लगायत सर्वसाधारण लाई समेत लागु हुने जनाईएको छ ।यदि नियम उल्लङ्घन गरेको खन्डमा ३० लाख कोरियन वन करिब २६४४ अमेरिकी डलर जरिवाना हुने छ ।

भिजेका बस्तुहरु जस्तै माछा तथा मासु , माटो लागेको तरकारी आईटम , आईसक्रिम तथा त्यस्ता बस्तु जुन सामान्य तापक्रममा पग्लिन्छन त्यस्ता सामानहरुको लागी भने प्लास्टिक झोला प्रयोग गर्न पाईनेछ ।

“समाजका सबै सदस्यहरु डिस्पोजेबल बस्तुहरुको प्रयोग घटाउने अभियानमा सक्रिय रुपमा साथ दिन आग्रह गरिएको छ, ताकी हाम्रो भाबी सन्ततीलाई राम्रो वातावरण प्रदान गर्न सक्छौँ ।”

प्रतिक्रिया दिनुहोस
इरानलाई पूर्णरुपमा समाप्त पर्ने ट्रम्पको धम्की

    अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानसँग तत्कालै सम्झौता नभए पूरै देश नै...

अख्तियार प्रमुख र गृहमन्त्रीबीच भेट, ठूला माछा समात्ने तयारी

    गृहमन्त्री सुधन गुरुङले अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख आयुक्त प्रेमकुमार राईलाई...

१०५ अंक घट्यो सेयर बजार

    आइतबार नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा उच्च अंकको गिरावट आएको छ...

यस्ता छन मन्त्रिपरिषद् बैठकका निर्णय

    सरकारले आइतबार दिउँसो बसेको मन्त्रिपरिषद् बैठकका प्रमुख निर्णयहरू सार्वजनिक गरेको छ...