यो सरकारलाई ज्ञानेन्द्रसँग तुलना नर्गन सञ्चारमन्त्रीको चेतावनी



हाम्रो इकोनोमि

 

सञ्चारमन्त्री गोकुल बास्कोटाले प्रेस स्वतन्त्रतालाई लिएर वर्तमान सरकारलाई पूर्वराजा ज्ञानेन्द्र शाहसँग तुलना नगर्न सचेत गराएका छन् ।सरकार प्रेस स्वतन्त्रता प्रति प्रतिवद्ध रहेको र कुनै पनि अवस्थामा अपहरित हुन नदिने उनले बताए । आइतबार राजधानीमा आयोजित कार्यक्रममा मन्त्री बास्कोटाले भने, ‘स्वतन्त्रताबारे स्पष्ट भए हुन्छ, अपहरित हुँदैन । ज्ञानेन्द्रसित तुलना नगर्नुहोला ।’

 

ज्ञानेन्द्रको पृष्टभूमि र अहिले सरकार चलाइरहेको पार्टीको पृष्टभूमि, निष्ठा, लक्ष्य, उद्देश्य विल्कुल भिन्न हो । कसैले जनताको अधिकार खोस्यो, कसैले जनताको अधिकारका निम्ति सँगसँगै लडेर आएको छ । सधैँ यो कुरा किन उठाउनुहुन्छ ?’

 

पछिल्लो समय अनलाइन मिडियाहरुमा हेर्नै नसकिने विषयबस्तुहरु आउन थालेको भन्दै मन्त्री बास्कोटाले बेलाबेला मिडियाको आतंक जस्तो देखिन गरेको टिप्पणी गरे ।

 

बास्तविक पत्रकारहरु समेत लज्जित हुन थालेको भन्दै उनले भने, ‘भर्खरै सत्तारूढ पार्टीका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहालको अमेरिका भ्रमणमा केकेसम्म समाचार छाप्नुभयो । आफ्नो समाचार हेरेर आफैंलाई लाज लाग्दैन ? आफ्नो धोती खुस्किएको थाहा छैन सरकारमाथि ख्याउँख्याउँ … अचम्म लाग्छ बा ।’

 

मन परेन भने कम्युनिस्ट पार्टीको सरकार मन परेन भन्ने हक भएको, तर हुँदै नभएको कुरा नल्याउन आग्रह गरे । उनले अघि भने, ‘कसले फेसबुक ट्वीटरमा प्रतिबन्ध लगाउने भनेको छ ? यहाँबाट पैसा लगेपछि कर चाहिँ तिर्नुपर्छ कि पर्दैन ?’

प्रतिक्रिया दिनुहोस
संसद्को रोस्ट्रमबाट रविले मागे दलित समुदायसँग माफी

    राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा)का सभापति रवि लामिछानेले प्रतिनिधिसभाको रोस्ट्रमबाट दलित समुदायसँग माफी...

व्यावसायी दीपक भट्ट काठमाडौंबाट पक्राउ

    सम्पत्ति शुद्धीकरणको अनुसन्धानमा रहेका व्यावसायी दीपक भट्ट पक्राउ परेका छन् ।...

नबिल बैंकको अविमोच्य असञ्चिति अग्राधिकार शेयरको धितोपत्रको दोस्रो बजारमा कारोबार सुरु

    नबिल बैंकको ‘नबिल ८ प्रतिशत अविमोच्य असञ्चिति अग्राधिकार शेयर’को धितोपत्रको दोस्रो...

सबै दलका शीर्ष नेताले संसदमा सम्बोधन गर्ने

    फागुन २१ को निर्वाचनपछि बस्न लागेको प्रतिनिधि सभाको पहिलो बैठकलाई आज...