बारा जिल्ला बन्यो युद्धक्षेत्र : स्थिति नियन्त्रण बाहिर



हाम्रो इकोनोमि
 

प्रदेश २ मा एसईई परीक्षा स्थगीत भएको विरोधमा बाराको जितपुरको अवस्था निक्कै भयावह बनेको छ । स्थिती नियन्त्रण बाहिर रहेको बताइएको छ । त्यहाँ विद्यार्थी प्रदर्शनमा उत्रिएका छन् । आक्रोशति विद्यार्थीको प्रदर्शन नियन्त्रण बाहिर रहेको छ । विद्यार्थीले इलाका प्रहरी कार्यालय जितपुरको कार्यालयलाई घेरा हाली ढुंगमुढा गरिरहेका छन् ।

 

प्रदर्शनकारी विद्यार्थीलाई नियन्त्रणमा लिन प्रहरीले अश्रुग्यासका साथै हवाई फायरसमेत गरेको छ । प्रदर्शनकारीलाई नियन्त्रणमा लिने प्रहरीको प्रयास सफल हुन सकेको छैन् । एसईई परीक्षा स्थगीत भएको विरोधमा शनिबार बिहान विद्यार्थीहरु सडक अवरुद्ध गरी प्रदर्शनमा उत्रिएका थिए ।

 

प्रहरीले प्रदर्शनकारीलाई हटाई सडक खोल्ने प्रयास गरेपछि झडप सुरु भएको हो । स्थिति नियन्त्रणबाहिर जान थालेपछि जितपुर–सिमारा उपमहानगर पालिकाका मेयर डा कृष्ण पौडेलले प्रमुख जिल्ला अधिकारीसँग समन्वय गरी समस्या समाधानको प्रयास गरिरहेको जानकारी दिएका छन् । दुई घण्टादेखि निरन्तर झडप भइरहेको छ । झडपका क्रममा आधा दर्जन जति विद्यार्थी र एक प्रहरी घाइते भएका छन् ।

Comment

प्रतिक्रिया दिनुहोस
एमाले: विगतका गल्तीमा आममाफी, आलोचना गरे कारबाही

     नेकपा (एमाले) ले भर्खरै ललितपुरको च्यासलमा सम्पन्न आफ्नो तेस्रो केन्द्रीय कमिटी...

कांग्रेस महाधिवेशनमा सात हजार ११४ प्रतिनिधि, २०० बढी स्वयंसेवक परिचालन

    नेपाली कांग्रेसको १५ औँ महाधिवेशनअन्तर्गत निर्वाचनमा भाग लिने महाधिवेशन प्रतिनिधिको अन्तिम...

कांग्रेसले पदाधिकारीको संख्या बढायो, वरिष्ठ उपसभापति पद थप्ने

    नेपाली कांग्रेसले पदाधिकारीको संख्या बढाउने भएको छ । खुलामञ्चमा बसेको केन्द्रीय...

नेपाली कांग्रेस १५औँ महाधिवेशनको निर्वाचन कार्यतालिका सार्वजनिक

    नेपाली कांग्रेसको आइतबारदेखि सुरु भएको १५औँ राष्ट्रिय महाधिवेशनअन्तर्गत आजदेखि बन्दसत्र हुने...