बारा जिल्ला बन्यो युद्धक्षेत्र : स्थिति नियन्त्रण बाहिर



हाम्रो इकोनोमि
 

प्रदेश २ मा एसईई परीक्षा स्थगीत भएको विरोधमा बाराको जितपुरको अवस्था निक्कै भयावह बनेको छ । स्थिती नियन्त्रण बाहिर रहेको बताइएको छ । त्यहाँ विद्यार्थी प्रदर्शनमा उत्रिएका छन् । आक्रोशति विद्यार्थीको प्रदर्शन नियन्त्रण बाहिर रहेको छ । विद्यार्थीले इलाका प्रहरी कार्यालय जितपुरको कार्यालयलाई घेरा हाली ढुंगमुढा गरिरहेका छन् ।

 

प्रदर्शनकारी विद्यार्थीलाई नियन्त्रणमा लिन प्रहरीले अश्रुग्यासका साथै हवाई फायरसमेत गरेको छ । प्रदर्शनकारीलाई नियन्त्रणमा लिने प्रहरीको प्रयास सफल हुन सकेको छैन् । एसईई परीक्षा स्थगीत भएको विरोधमा शनिबार बिहान विद्यार्थीहरु सडक अवरुद्ध गरी प्रदर्शनमा उत्रिएका थिए ।

 

प्रहरीले प्रदर्शनकारीलाई हटाई सडक खोल्ने प्रयास गरेपछि झडप सुरु भएको हो । स्थिति नियन्त्रणबाहिर जान थालेपछि जितपुर–सिमारा उपमहानगर पालिकाका मेयर डा कृष्ण पौडेलले प्रमुख जिल्ला अधिकारीसँग समन्वय गरी समस्या समाधानको प्रयास गरिरहेको जानकारी दिएका छन् । दुई घण्टादेखि निरन्तर झडप भइरहेको छ । झडपका क्रममा आधा दर्जन जति विद्यार्थी र एक प्रहरी घाइते भएका छन् ।

Comment

प्रतिक्रिया दिनुहोस
एमाले अध्यक्ष ओली र काँग्रेस सभापति देउवाबीच भेटवार्ता

    नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओली र नेपाली काँग्रेसका सभापति...

प्रधानमन्त्री निवास बालुवाटारमा सर्वपक्षीय बैठक

    बालुवाटारमा सर्वपक्षीय बैठक जारी छ । प्रधानमन्त्री निवास बालुवाटारमा केहीबेर अघिबाट...

मधेशमा विवादित नियुक्ति: आदेश उल्लङ्घन र पद दुरुपयोग आरोप

मधेश प्रदेशमा सरकार सञ्चालनका क्रममा देखिएको एक बहुचर्चित निर्णय अहिले राजनीतिक, कानुनी तथा...

चुनावको तयारीबारे ब्रिफिङ गर्दै निर्वाचन आयोग

    चुनावको तयारीबारे निर्वाचन आयोगले सरकार र राजनीतिक दलहरूलाई एकसाथ ब्रिफिङ गर्दैछ...