स्वीस बैंकमा पैसा राख्ने क्यासिनो माफिया बजगाइँलाई नेपाल तरुण दलले दियो यस्तो चेतावनी



हाम्रो इकोनोमि

 

नेपाल तरुण दलले आफ्ना पार्टी सभापति र पार्टीका नेताहरूलाई आधारहीन आरोप लगाउँदै गालीगलौज गर्ने कार्यप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको छ ।

 

नेपाल तरुण दलका अध्यक्ष जितजंग बस्नेतले शुक्रबार विज्ञप्ति जारी गरेर सभापति शेरबहादुर देउवासहितका शीर्ष नेताहरूमाथि आक्षेपहरू नलगाउन चेतावनी दिएका छन् । उनले पार्टीभित्र अनशासन र मर्यादाभित्र बस्न सबैलाई आग्रह गरेका छन् ।

 

‘सैद्धान्तिक रुपमा दृढ र अनुशासित पार्टी नेपाली कांग्रेसमा पार्टीलाई कमजोर बनाउने विभिन्न अभिव्यक्ति र गतिविधिप्रति तरुण दलको गम्भीर ध्यानाकर्षण भएको छ’, विज्ञप्तिमा भनिएको छ । तरुण दलका अध्यक्ष बस्नेतले यस्तो कार्यप्रति पार्टीका कुनै पनि कार्यकर्ता र तरुणहरुलाई सैह्य नहुने जनाएका छन् ।

 

राष्ट्रियता सम्बर्द्धन र लोकतान्त्रिक मूल्य मान्यताको रक्षा एवं जनअधिकारको जगेर्ना गर्ने दायित्व नेपाली कांग्रेसको काँधमा रहेको उल्लेख गर्दै बस्नेतले कांग्रेसका नेताहरूको मर्यादाको रक्षा र नेपाली कांग्रेसको रक्षाका लागि तरुण दलले आवश्यक ठोस कदम चाल्ने अवस्थाको सिर्जना भएमा त्यसका लागि तरुण दल तयार रहेको जनाएका छन् ।

 

नेपाल तरुण दलले कांग्रेसको हित र अनुशासन विपरीत पार्टीका नेताहरूलाई मिथ्या आरोप लगाउने कार्य भएकाले त्यस्तो कार्य गर्ने नेता कार्यकर्ताहरूलाई अनुशासनको कारबाही गर्न पार्टीको सम्बन्ध निकायसँग जोडदार माग समेत गरेको छ ।

 

नेपाली कांग्रेसका महासमिति सदस्य एवम् क्यासिनो माफिया राजेन्द्र बजगाइँले सभापति शेरबहादुर देउवालाई कारबाहीको माग गर्दै पार्टी कार्यालय सानेपामा उजुरी दर्ता गराएपछि नेपाल तरुण दलले आक्रोश जनाएको हो ।

 

सभापति देउवाविरुद्ध उजुरी दर्ता गराउनु अगाडि क्यासिनो माफिया बजाइँले बालुवाटारको एउटा होटेलमा गत शनिबार महामन्त्री डा.शशांक कोइराला र केन्द्रीय सदस्य डा.मीनेन्द्र रिजालसँग मदिरासहितको पार्टी गरेर योजना बनाएका थिए ।

 

विवादास्पद व्यापारी बजगाइँले करोडौँ रुपियाँ स्वीस बैंकमा लुकाएर राखेको खोज पत्रकारिता केन्द्रले केही महिना अगाडि रिपोर्ट समेत सार्वजनिक गरेको थियो ।

प्रतिक्रिया दिनुहोस
संसद्को रोस्ट्रमबाट रविले मागे दलित समुदायसँग माफी

    राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा)का सभापति रवि लामिछानेले प्रतिनिधिसभाको रोस्ट्रमबाट दलित समुदायसँग माफी...

व्यावसायी दीपक भट्ट काठमाडौंबाट पक्राउ

    सम्पत्ति शुद्धीकरणको अनुसन्धानमा रहेका व्यावसायी दीपक भट्ट पक्राउ परेका छन् ।...

नबिल बैंकको अविमोच्य असञ्चिति अग्राधिकार शेयरको धितोपत्रको दोस्रो बजारमा कारोबार सुरु

    नबिल बैंकको ‘नबिल ८ प्रतिशत अविमोच्य असञ्चिति अग्राधिकार शेयर’को धितोपत्रको दोस्रो...

सबै दलका शीर्ष नेताले संसदमा सम्बोधन गर्ने

    फागुन २१ को निर्वाचनपछि बस्न लागेको प्रतिनिधि सभाको पहिलो बैठकलाई आज...