यसकारण सलमान खानलाई बलिउडमा भगवान भनिन्छ् !



हाम्रो इकोनोमि

 

सलमान खान बलिउडमा मात्रै नभई विश्व भर नै चर्चामा रहेको नाम हो । बलिउड अभिनेता सलमान खान नयाँ पुस्तालाई बलिउडमा अवसर दिने अभिनेताको रुपमा परिचित छन् । अब भने सलमान खान उनका बडीगार्ड शेराका छोरा टाइगरलाई लञ्च गर्ने तयारीमा छन् ।

 

सलमान लामो समयदेखि टाइगरलाई बलिउड डेब्यू गराउने तयारी गरिरहेका थिए । तर उनले चाहेको जस्तो फिल्मको स्क्रिप्ट नभेटेका कारण अहिले उनी त्यसैको खोजीमा छन् । खबरहरुका अनुसार, सलमान अहिले टाइगरका लागि फिल्महरुको स्क्रिप्ट आफैं पढिरहेका छन् । तर उनलाई अझै चित्त बुझ्दो स्क्रिप्ट फेला परेको छैन ।

 

टाइगर अक्सर सलमान खानका साथ विभिन्न पार्टी तथा कार्यक्रममा एकसाथ सहभागी हुने गर्छन् । २५ वर्षीय टाइगर सलमान खानको बडी र लुक्सदेखि निकै प्रभावित भएको बताइन्छ । उनले बलिउड डेब्यूको लागि भनेर विभिन्न प्रोफेशनल ट्रेनिङ पनि लिएका छन् । यसैगरी टाइगरले सलमान खानको फिल्म ‘सुल्तान’ मा असिस्टेन्ट डाइरेक्टरको काम पनि गरेका थिए । एजेन्सी

प्रतिक्रिया दिनुहोस
जेल मुक्त भए रवि लामिछाने

  राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने रिहा भएका छन् । उच्च अदालत...

केन्द्रीय सदस्य मनोनीत नगरियोस् : सुरेन्द्र पाण्डे

    एमालेको ११औँ महाधिवेशनमा महासचिवका प्रत्यासी रहेका सुरेन्द्र पाण्डेले केन्द्रीय सदस्यमा पनि...

२४ बुँदे प्रस्ताव पारित गर्दै एमालेको ११ औं महाधिवेशनम सम्पन्न

  नेकपा (एमाले)को हिजो सकिएको ११ औं राष्ट्रिय महाधिवेशनले विभिन्न विषयमा २४ बुँदे...

रवि लामिछाने आज रिहा हुँदै

    रास्वपा सभापति एवं पूर्वगृहमन्त्री रवि लामिछाने रिहाइ प्रक्रियाका लागि रुपन्देही जान...