ए मेरो हजुर ३’को ट्रेलर सार्वजनिक



हाम्रो इकोनोमि

 

चैत २९ गतेबाट प्रदर्शनमा आउन लागेको फिल्म ‘ए मेरो हजुर ३’ को अफिसियल ट्रेलर सार्वजनिक गरिएको छ ।

यसअघि सार्वजनिक गरिएका दुई गीत ‘जिन्दगी नै भन्दिनँ’ र ‘परान’ बोलको गीतले चर्चा पाइरहेका बेला फिल्मको ट्रेलर सार्वजनिक गरिएको छ ।

अभिनेता अनमोल केसी र डेब्यू गर्ल सुहाना थापाको अभिनय रहेको यो फिल्म यसअघि बनाइएको फिल्म ए मेरो हजुरको तेस्रो सिक्वेल हो ।

फिल्ममा अनमोल सुपरस्टार गायकको भूमिकामा छन् भने सुहाना उनकी फ्यानको भूमिकामा रहेको ट्रेलरबाट बुझ्न सकिन्छ ।

ट्रेलरमा अनमोल र सुहानाको जोडी उत्कृष्ट देखिएको छ ।

फिल्म ‘ए मेरो हजुर ३’ लाई झरना थापाले निर्देशन गरेका हुन् । यही फिल्मको दोस्रो भागबाट उनले निर्देशनमा डेब्यू गरेकी थिइन् ।

सुहाना उनकै छोरी हुन् । सुनिल कुमार थापाले निर्माण गरेका हुन् ।

यसमा अनमोल र सुहानासँगै सलोन बस्नेत, अर्पण थापा, रक्षा गौतम, विशाल पहाडी, सरोज खनाल, रबिन्द्र झालगायतका कलाकारहरुको पनि अभिनय छ ।

निर्देशक थापा र सुमन पौडेलको कथा रहेको फिल्ममा सञ्जय लामाको छायांकन र हिमाल केसीको द्वन्द्व निर्देशन छ ।

कविराज गहतराज, रामजी लामिछाने, प्रविन सिंह र राहुल शाहको कोरियोग्राफी रहेको फिल्ममा दिर्घ खड्काले सम्पादन गरेका छन् ।

फिल्ममा सत्यम राना र अचुत बजगाइँले भिएफएक्स गरेका छन् ।

 

 

 

 

 

 

 

 

प्रतिक्रिया दिनुहोस
एमाले अध्यक्ष ओली र काँग्रेस सभापति देउवाबीच भेटवार्ता

    नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओली र नेपाली काँग्रेसका सभापति...

प्रधानमन्त्री निवास बालुवाटारमा सर्वपक्षीय बैठक

    बालुवाटारमा सर्वपक्षीय बैठक जारी छ । प्रधानमन्त्री निवास बालुवाटारमा केहीबेर अघिबाट...

मधेशमा विवादित नियुक्ति: आदेश उल्लङ्घन र पद दुरुपयोग आरोप

मधेश प्रदेशमा सरकार सञ्चालनका क्रममा देखिएको एक बहुचर्चित निर्णय अहिले राजनीतिक, कानुनी तथा...

चुनावको तयारीबारे ब्रिफिङ गर्दै निर्वाचन आयोग

    चुनावको तयारीबारे निर्वाचन आयोगले सरकार र राजनीतिक दलहरूलाई एकसाथ ब्रिफिङ गर्दैछ...