अचानक भएको आक्रमणमा २४ जना मारिए



हाम्रो इकोनोमि

 

अफगानिस्तानका दुई वटा प्रान्तमा विद्रोही तालिबान समूहले गरेको पछिल्लो आक्रमणमा १४ जना प्रहरी अधिकृत सहित कम्तीमा २४ जनाको मृत्यु भएको स्थानीय अधिकारीहरुले बताएका छन् । प्रहरी चेकपोस्टमा गरिएको उक्त आक्रमणबाट अरु धेरै व्यक्ति घाइते समेत भएका छन् ।

 

समाचार अनुसार घाज्नी प्रान्तको राजधानी शहर घाज्नीको बाहिरी इलाकामा रहेको प्रहरी चेकपोस्टमा तालिबान समूहले गरेको आक्रमणमा जिल्ला प्रहरी प्रमुख सहित नौ जना प्रहरी अधिकृत मारिएका छन् । आक्रमणमा अरु छ जना प्रहरी घाइते भएका छन् । स्थानीय प्रशासनका अनुसार धेरै जना तालिबानी लडाकू समेत जवाफी कारबाहीमा मारिएका छन् ।

 

यसैगरी, उत्तरी बडाखासान प्रान्तमा भएको भिडन्तमा पाँच जना प्रहरी, दुई जना स्थानीय नागरिक तथा आठ जना तालिबानी लडाकू मारिएको अफगान सेनाका प्रेस अधिकृत हादी जमालेले बताउनुभयो । “बन्दुक र क्षेप्यास्त्र जडित ग्रिनेडबाट सुसज्जित तालिबानी लडाकूहरुले प्रहरी चेकपोस्टमा आक्रमण गरेका थिए । सुरक्षाफौजले आक्रमणकारीलाई लखेटेका थिए । सिन्हवा

 

उनीहरु जिल्ला प्रशासन कार्यालय नै कब्जामा लिने प्रयत्नमा थिए,” हादी जमालले बताउनुभयो । उक्त दुबै घटनाका बारेमा तालिबान र सरकारी पक्षको आधिकारिक भनाई सार्वजनिक भइसकेको छैन ।

प्रतिक्रिया दिनुहोस
इरानलाई पूर्णरुपमा समाप्त पर्ने ट्रम्पको धम्की

    अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानसँग तत्कालै सम्झौता नभए पूरै देश नै...

अख्तियार प्रमुख र गृहमन्त्रीबीच भेट, ठूला माछा समात्ने तयारी

    गृहमन्त्री सुधन गुरुङले अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख आयुक्त प्रेमकुमार राईलाई...

१०५ अंक घट्यो सेयर बजार

    आइतबार नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा उच्च अंकको गिरावट आएको छ...

यस्ता छन मन्त्रिपरिषद् बैठकका निर्णय

    सरकारले आइतबार दिउँसो बसेको मन्त्रिपरिषद् बैठकका प्रमुख निर्णयहरू सार्वजनिक गरेको छ...