४ घन्टाभित्र देशभरका प्रश्नपत्र रुजु गर्न शिक्षा मन्त्रालयको निर्देशन



हाम्रो इकोनोमि

 

प्रदेश २ मा लगातार एसईई परीक्षाको प्रश्नपत्र बाहिरिएपछि शिक्षा मन्त्रालयले देशभरको प्रश्नपत्र ४ घन्टाभित्र रुजु गर्न निर्देशन दिएको छ । प्रदेश २ मा बिहीबार विज्ञान र शुक्रबार सामाजिक विषयको प्रश्नपत्र बाहिरिएको थियो ।

 

प्रदेश २ मा एसइई प्रश्नपत्र बाहिरिएको विषयमा छानबिन गरी सत्यतथ्य विवरण पठाउन शिक्षा मन्त्रालयले छानबिन समितिलाई निर्देशन  समेत दिएको छ । बेलुका ५ बजेसम्म सबै विवरण पठाउन भनिएको मन्त्रालयका सचिव खगराज बरालले जानकारी दिए ।

 

प्रदेश २ मा एसइईको सबै विषयको प्रश्नपत्र एकसाथ आउट भएको हुनसक्ने आशंका गर्दै छानबिन सुरु गरिएको छ। प्रदेश सरकारले गठन गरेको छानबिन समितिका सदस्य समेत रहेका प्रदेश २ का शिक्षा निर्देशक रमाकान्त शर्माले समितिका अन्य पदाधिकारीहरु आजै जनकपुर आइरहेको र आजै बैठक बसेर छानबिन गरिने जानकारी दिएका छन्।

 

प्रदेश सरकारको समाजिक विकास मन्त्रालयले घटना छानबिन गर्न शिक्षा विकास निर्देशनालयका निर्देशक रामाकान्त शर्माको अध्यक्षतामा छानबिन समिति गठन गरेको छ। समितिको सदस्यमा मन्त्रालयका सचिव ठूलोबाबु दाहाल र कानुन मन्त्रालयका उपसचिव अरुणकुमार झा रहेका छन्।

 

सामाजिक र विज्ञान विषयको प्रश्नपत्र परीक्षा अगावै आउट भएपछि विद्यार्थीहरु सडकमा उत्रिएर आन्दोलन गरिरहेका छन्। आफ्नो भविष्यमाथि खेलबाड गरेको भन्दै उनीहरुले आज आगजनी र ढुंगामुढा गरेका छन्।

प्रतिक्रिया दिनुहोस
गगनले कांग्रेस छिन्नभिन्न बनाएको मोहन बस्नेतको आरोप

    नेपाली कांग्रेसका इतर पक्षका नेता मोहन बस्नेतले गगन थापाको महत्त्वाकाङ्क्षा र...

राष्ट्र बैंकले बैंकिङ प्रणालीबाट ७० अर्ब रकम संकलन गर्ने

    बैंकिङ प्रणालीमा उपलब्ध तरलता व्यवस्थापन गर्ने उद्देश्यले नेपाल राष्ट्र बैंकले ७०...

नबिल बैंकले सेयरधनीलाई १५.८०% लाभांश र ५% बोनस सेयर दिने

    नबिल बैंक लिमिटेडका सेयरधनीले आर्थिक वर्ष २०८२/८३ को मुनाफाबाट १५.८० प्रतिशत...

सशस्त्र प्रहरीका एआईजी वंशी दाहाललाई बर्खास्त गर्न सिफारिस

    चोलेन्द्रशमशेर जबरालाई प्रहरीले नियन्त्रणमा लिएपछि सूचना चुहावटको आरोपमा निलम्बनमा परेका सशस्त्र...