हिमाल आरोहण गर्न नेकपाका नेतालाई सरकारी खर्च



हाम्रो इकोनोमि

 

 

प्रदेश सरकार र स्थानीयतहको रकम खर्चेर सत्तारुढ दल नेकपाका नेताहरु हिमाल आरोहणमा लागेका छन् । सिन्धुपाल्चोकको जुगल गाउँ पालिकामा रहेको ‘भर्जिन’ हिमाल आरोहणका लागि नेकपाका केन्द्रीय सदस्यसहितको जम्वो टोली त्यस तर्फ लागेको छ । आरोहणका लागि झण्डै एक करोड रुपैयाँ लाग्ने अनुमान गरिएको छ ।

 

सो रकम सम्पूर्ण रुपमा सरकारी कोष बाट खर्च गरिने छ । हाललाई ५० लाख रुपैयाँ ब्यवस्थापन गरेको प्रदेश तीन सरकारले अपुग रुपैयाँ दिने शर्तमा टोली हिमालमा मस्ती गर्न हिडेको हो । प्रदेश तीनको उद्योग पर्यटन तथा वातावरण मन्त्रालयले सो रकम ब्यवस्थापन गरेको मन्त्री अरुण नेपालले वताए । त्यसका साथै गाउँ पालिका राष्ट्रिय महासंघका अध्यक्षसमेत रहेका होमनारायण श्रेष्ठले आरोहणका लागि गाउँपालिकाको कोष बाट दश लाख रुपैयाँ दिएका छन् ।

 

‘दुर्गम भेगमा पर्ने यो गाउँ पालिकामा शिक्षा स्वास्थ्यको अवस्था नाजूक छ, तर यहाँको विकासका लागि आएको बजेट हिमाल चढ्न दिईएको अवर आएको छ । यसमा हामी आपत्ति प्रकट गर्दछौं’–सोही गाउँ पालिकामा राजनीति गर्ने एक नेकपाका कार्यकर्ताले बताए ।त्यसोत जुगल गाउँपालिकाको रकम अनियमितता भएको भन्दै पटक पटक अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा उजुरी परेको छ । आफूलाई राष्ट्रपति बिद्या भण्डारी नजिक बताउने होमनारायाणले शक्तिकै भरमा अख्तियारको फाईल अघि बढ्न दिएका छैनन् ।

 

यसरी हिमाल आरोहण गर्न जानेटोलीको नेतृत्व भने नेकपाका केन्द्रीय सदस्य माधव सापकोटा‘सुवोध’ले गरेका छन् । उनको टिममा नेकपाका प्रदेश सदस्य सुभाष कर्माचार्य, नेकपाका कार्यकर्ता मिलन लामा,माया गुरुङलगायत जम्वो टोली छ । प्रत्येक सदस्यलाई दैनिक भ्रमण खर्च,खानालगायतको ब्यस्थापन गरिएको छ । टोलीलाई शुक्रवार प्रदेश तीनका मुख्यमन्त्री डोरमणि पौडेल,मन्त्री अरुण नेपाललगायतले बिदाई गरेका थिए ।

प्रतिक्रिया दिनुहोस
संसद्को रोस्ट्रमबाट रविले मागे दलित समुदायसँग माफी

    राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा)का सभापति रवि लामिछानेले प्रतिनिधिसभाको रोस्ट्रमबाट दलित समुदायसँग माफी...

व्यावसायी दीपक भट्ट काठमाडौंबाट पक्राउ

    सम्पत्ति शुद्धीकरणको अनुसन्धानमा रहेका व्यावसायी दीपक भट्ट पक्राउ परेका छन् ।...

नबिल बैंकको अविमोच्य असञ्चिति अग्राधिकार शेयरको धितोपत्रको दोस्रो बजारमा कारोबार सुरु

    नबिल बैंकको ‘नबिल ८ प्रतिशत अविमोच्य असञ्चिति अग्राधिकार शेयर’को धितोपत्रको दोस्रो...

सबै दलका शीर्ष नेताले संसदमा सम्बोधन गर्ने

    फागुन २१ को निर्वाचनपछि बस्न लागेको प्रतिनिधि सभाको पहिलो बैठकलाई आज...