राजधानी नजिकैं बस दुर्घटनाग्रस्त आठ जनाको मृत्यु ३० घाइते



हाम्रो इकोनोमि

 

ट्रक र बस एक आपसमा ठोक्कीएपछि आठ जनाको ज्यान गएको छ । भारतको राजधानी शहर नयाँ दिल्ली नजिकको यमुना एक्सप्रेस राजमार्गमा बस र ट्रक जुधेर भएको दुर्घटनामा बसमा यात्रारत आठ जनाको मृत्यु हुनुका साथै ३० जना घाइते भएका छन् । शुक्रबार बिहानै भएको उक्त दुर्घटनाका विषयमा प्रहरीले अनुसन्धान शुरु गरेको जनाएको छ ।

 

घाइतेहरुलाई तत्कालै उद्धार गरी अस्पतालहरुमा भर्ना गरिएको भारतीय सञ्चारमाध्यमहरुले जानकारी दिएका छन् । घाइते हुनेहरुमा १२ जनाको अवस्था एकदमैं चिन्ताजनक रहेको छ । गत महिना पनि यमुनामा एम्बुलेन्स र कार ठोक्कीदा ७ जनाको ज्यान गएको थियो । बस चालकले नियन्त्रण गुमाउँदा दुर्घटना भएको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस
जनार्दनलाई आफ्नै जिल्लामा कालो झण्डा

    नेकपा माओवादी केन्द्रबाट अलग भएर प्रगतिशील लोकतान्त्रिक पार्टी (प्रलोपा) गठन गरेपछि...

निजी क्षेत्रमाथि आक्रमण ठिक होइन : अर्थमन्त्री

    अर्थमन्त्री रामेश्वर खनालले निजी क्षेत्रमाथि आक्रमण ठिक नभएको बताएका छन् ।...

युवा संघले ५० हजार भन्दा बढी युवा उतार्ने

  नेकपा एमालेको ११ औँ महाधिवेशनमा युवा संघ नेपालले कम्तीमा ५० हजार युवा...

एमाले अध्यक्ष ओली र काँग्रेस सभापति देउवाबीच भेटवार्ता

    नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओली र नेपाली काँग्रेसका सभापति...