ढुक्क भएर लगानी गर्न लगानीकर्तालाइ प्रधानमन्त्री ओलीको आग्रह
प्रधानमन्त्री केपी शर्मा ओलीले ‘समृद्ध नेपाल : सुखी नेपाली’ अभियान सार्थक पार्न सम्मेलन महत्वपूर्ण रहने विश्वास व्यक्त गरेका छन ।
विदेशी लगानी भित्र्याउने महामेलाकाे रूपमा हेरिएकाे नेपाल इनभेस्टमेन्ट समिट २०१९ काे उद्घाटन गर्दै प्रधानमन्त्री ओलीले मुलुकमा राजनीतिक स्थायित्व कायम भएकाले लगानीकर्तालाइ ढुक्क भएर लगानी गर्न आग्रह गरे ।
स्थिरता उन्मुख सरकार रहेकाे मुलुकमा अहिले लगानीका लागि उपयुक्त वातावरण बन्दै गएकाे ओलीको भनाइ थियो ।
ओलीले सम्मेलनकाे उद्घाटन लगत्तै उनले भने ‘चीनसँग यातायात सम्झौता भएको छ । हाइड्रो पावरको विकास हुँदैछ ।
बंग्लादेशसँग विद्युत व्यापार सम्झाैतामा हस्ताक्षर भइसकेको छ । भर्जिन ल्याण्ड छ, नेपाल इन्भेष्टका लागि ।’
लगानी गर्न हाइड्रो पावर क्षेत्र मुख्य रुपमा रहेकाे ओलीको भनाइ थियाे ।
५ हजार मेघावाट बिजुली ५ वर्षमा र १० वर्षमा ५० हजार मेघावाट बिजुली निकाल्ने सरकारकाे लक्ष रहेकाे प्रधानमन्त्रीले प्रष्ट पार्नुभयाे ।
यसैगरी कृषि, खानी उद्योग क्षेत्रमा पनि मुख्य सम्भावना रहेकाे ओलीले बताए । उनले पर्यटन व्यवसाय लगानीका लागि झन राम्रो रहेकाे बताए ।
सपानाको रुपमा रहेका तराइ-काडमाडौँ द्रुत मार्ग २/३ वर्षमै सञ्चालनमा अाउने समेत उनले बताए ।
मुलुकको आर्थिक समृद्धिका लागि वैदेशिक लगानी भित्र्याउन र ‘समृद्ध नेपालः सुखी नेपाली’को राष्ट्रिय लक्ष्य हासिल गर्ने उद्देश्य राखिएकाे सम्मेलनमा ३५ खर्ब लागतका सरकारी ५० र निजी क्षेत्रका २७ परियोजना प्रस्तुत गरिँदै छ ।