विद्यार्थीको भविष्य जोडिएको एसइई परीक्षामा यस्तो लापरवाही !



हाम्रो इकोनोमि

 

विद्यार्थीको भविष्यसँग जोडिएको एसइई परीक्षामा गम्भिर लापरबाही देखिएको छ ।

प्रदेश नं २ को समाजिक विषयको प्रश्नपत्र फेसबुकबाट ‘आउट’ भएको पुष्टि भएपछि सोको विरोधमा विद्यार्थीले नाराबाजी गरेपछि वीरगञ्जको घण्टाघर क्षेत्र तनावग्रस्त भएको छ ।

सामाजिक सञ्जालमा ‘भाइरल’ भएपछि परीक्षा नियन्त्रण कार्यालयले आकस्मिक बोर्ड बैठक डाकेको थियो ।

बोर्डले बिहान साढे ७ बजे प्रदेश नं २ को सामाजिक विषयको प्रश्नपत्र खोलेर हेरेपछि प्रश्नपत्र आउट भएको पुष्टि भएपछि आज शुक्रबार हुने भनिएको सामाजिक विषयको परीक्षा रद्द गरिएको विरोधमा विद्यार्थीले जिल्ला प्रशासन कार्यालय पर्सामा विरोध जुलुस प्रदर्शन गर्दै नाराबाजी गरेका छन् ।

विद्यार्थीको सो जुलुसले घण्टाघरमा पुगी टायर बालेर विरोध जनाएको छ । यो बिचमा यस विषयमा प्रदेश नम्बर २ का मुख्यमन्त्री लालबाबु राउतले प्रदेशलाई बद्नाम गर्न यस्तो षडयन्त्र भएको बताउँनु भएको छ ।

प्रतिक्रिया दिनुहोस
एमाले अध्यक्ष ओली र काँग्रेस सभापति देउवाबीच भेटवार्ता

    नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओली र नेपाली काँग्रेसका सभापति...

प्रधानमन्त्री निवास बालुवाटारमा सर्वपक्षीय बैठक

    बालुवाटारमा सर्वपक्षीय बैठक जारी छ । प्रधानमन्त्री निवास बालुवाटारमा केहीबेर अघिबाट...

मधेशमा विवादित नियुक्ति: आदेश उल्लङ्घन र पद दुरुपयोग आरोप

मधेश प्रदेशमा सरकार सञ्चालनका क्रममा देखिएको एक बहुचर्चित निर्णय अहिले राजनीतिक, कानुनी तथा...

चुनावको तयारीबारे ब्रिफिङ गर्दै निर्वाचन आयोग

    चुनावको तयारीबारे निर्वाचन आयोगले सरकार र राजनीतिक दलहरूलाई एकसाथ ब्रिफिङ गर्दैछ...