लगातार ८४ दिनसम्म हाजिर नगरेपछि डा. केसीमाथि यस्तो कारबाही



हाम्रो इकोनोमि

 

लामो समय देखि स्वास्थ्य क्षेत्रको सुधारका लागि अनशन वस्दै आउँनु भएका डाक्टर गोविन्द केसीमाथि ठुलो विपत्त आइलागेको छ ।

शिक्षण अस्पताल महाराजगञ्जका चिकित्सक डा. केसीको तलव रोक्का भएको छ ।

उहाँले ८४ दिनसम्म हाजिरी नगरेपछि शिक्षण अस्पताल महाराजगञ्जले तलव रोक्का गरिदिएको जनाएको छ ।

स्रोतका अनुसार शिक्षण अस्पतालले केसीलाई ८४ दिनसम्म कता हराएको भनेर स्पष्टीकरण सोधेको छ ।

तर, डा।केसीले शिक्षण अस्पताल महाराजगञ्जलाई चित्त बुझ्ने जवाफ दिन नसकेको जनाइएको छ ।

पछिल्लो पटक अनशन बस्नु भएका केसीले शिक्षण अस्पतालका निर्देशकलाई एसएमएस पठाएर विदा माग्नु भएको थियो ।

तर, केसीले लिखित रुपमा विदा लिएको अस्पताल प्रसाशणलाई जानकारी छैन ।

कानूनअनुसार केसीले लिखित रुपमा आफ्नो विदा स्वीकृत गराउनुपर्छ ।

तर, अनशन बस्ने बेला विदा स्वीकृत गराउँनु भएको छैन ।

विदा स्वीकृत नै नगराई ८४ दिनसम्म गयल भएपछि उहाँको हाजिरीका आधारमा तलव रोक्का भएको हो ।

केसी लामो समयदेखि हाजिर नगरेको दिनको पनि तलव र भत्ता दाबी गर्दै आउँनु भएको छ ।

तर, शिक्षण अस्पताल महाराजगञ्जले उहाँसँग ८४ दिनसम्म किन हाजिरी नगरेको भनेर स्पष्टीकरण सोधेको छ ।

केसीले ८४ दिनको हाजिरी नगरे वाफतको तलव भत्ता नलिने घोषणा गर्न सक्नु भएको छैन ।

कानूनी रुपमा उहाँले तलव भत्ता नलिने घोषणा गनेवित्तिकै उहाँ बर्खास्तीमा पर्न सक्ने बुझिएको छ ।

उहाँलाई कारबाही गरेर हटाउने सम्मको निर्णय हुन सक्छ । कारबाहीमा पर्ने भएपछि केसी जसरी पनि ८४ दिनको हाजिरी मिलाउने र तलव भत्ता लिने योजनामा पुगेको अस्पताल प्रसाशणको दावी छ ।

प्रतिक्रिया दिनुहोस
संसद्को रोस्ट्रमबाट रविले मागे दलित समुदायसँग माफी

    राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा)का सभापति रवि लामिछानेले प्रतिनिधिसभाको रोस्ट्रमबाट दलित समुदायसँग माफी...

व्यावसायी दीपक भट्ट काठमाडौंबाट पक्राउ

    सम्पत्ति शुद्धीकरणको अनुसन्धानमा रहेका व्यावसायी दीपक भट्ट पक्राउ परेका छन् ।...

नबिल बैंकको अविमोच्य असञ्चिति अग्राधिकार शेयरको धितोपत्रको दोस्रो बजारमा कारोबार सुरु

    नबिल बैंकको ‘नबिल ८ प्रतिशत अविमोच्य असञ्चिति अग्राधिकार शेयर’को धितोपत्रको दोस्रो...

सबै दलका शीर्ष नेताले संसदमा सम्बोधन गर्ने

    फागुन २१ को निर्वाचनपछि बस्न लागेको प्रतिनिधि सभाको पहिलो बैठकलाई आज...