दुखद समाचार : न्यू योर्कमा अन्तर्राष्ट्रिय मानव अधिकारकर्मी तेजश्री थापाको ५२ वर्षको उमेरमा निधन



हाम्रो इकोनोमि

 

मानवअधिकारकर्मी तथा अधिवक्ता तेजश्री थापाको ५२ वर्षको उमेरमा गत मंगलबार २६ का दिन अमेरिकाको न्यूयोर्क शहरमा निधन भएको छ ।

तेजश्री थापा अमेरिकाका लागि पूर्वराजदूत ,पूर्वपरराष्ट्रमन्त्री ,तथा कुटनीतिज्ञ डा. भेषबहादुर थापाकी छोरी हुन् ।

काठमाडौँमा जन्मिएकी स्व तेजश्री थापा सामाजिक न्यायको क्षेत्रमा वकालत गर्ने अग्रणी अभियन्ता थिइन्।

मानव अधिकारकर्मी पहरेदार (ह्युमन राइट्स वाच )की वरिष्ठ दक्षिण एसिया अनुसन्धानकर्ता समेत रहेकी थापाले बालकन्स, नेपाल, बंगलादेश र श्रीलंकामा संकट समाधानका लागि मानवअधिकारकर्मीको रुपमा पनि काम गरेकी थिइन् ।

उनले आफ्नो जीवनवृति (करिअर) श्रीलङ्काका द्वन्द्कालमा महिलामाथि भएका हिंसासम्बन्धी संयुक्त राष्ट्रसंघीय विशेष अभिलेखकर्ताको रुपमा सुरुवात गरेकी थिइन्।

थापाले मानव अधिकार कानुन, अन्तर्राष्ट्रिय र घरेलु राजनीति, संघर्ष विरोधी न्याय र पुनर्मूल्यांकन तन्त्रमा पनि व्यापक विशेषज्ञता हासिल गरेकी थिइन् ।

उनले नेदरल्याण्डको हेगस्थित अन्तर्राष्ट्रिय अदालतमा भूतपूर्व युगोस्लाभियामा भएको युद्धका क्रममा भएको मानवताविरोधी घटनाहरुको अभियोजनकर्ता भएर पनि काम गरिन्।

त्यसक्रममा लैँगिक हिंसा र अपराध सम्बन्धी घटनाहरुलाई अभिलेखिकरण गर्ने कामपनि गरेकी थिइन्।

स्व थापा डा. रीता थापाकी जेठी छोरी र साहित्यकार मञ्जुश्रीकी बहिनी हुन् ।

स्व थापाकि छोरी माया हुन् भने यस बर्ष देखि अक्सफोर्ड विश्वविद्यालयमा अध्ययन गर्ने छिन्

प्रतिक्रिया दिनुहोस
संसद्को रोस्ट्रमबाट रविले मागे दलित समुदायसँग माफी

    राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा)का सभापति रवि लामिछानेले प्रतिनिधिसभाको रोस्ट्रमबाट दलित समुदायसँग माफी...

व्यावसायी दीपक भट्ट काठमाडौंबाट पक्राउ

    सम्पत्ति शुद्धीकरणको अनुसन्धानमा रहेका व्यावसायी दीपक भट्ट पक्राउ परेका छन् ।...

नबिल बैंकको अविमोच्य असञ्चिति अग्राधिकार शेयरको धितोपत्रको दोस्रो बजारमा कारोबार सुरु

    नबिल बैंकको ‘नबिल ८ प्रतिशत अविमोच्य असञ्चिति अग्राधिकार शेयर’को धितोपत्रको दोस्रो...

सबै दलका शीर्ष नेताले संसदमा सम्बोधन गर्ने

    फागुन २१ को निर्वाचनपछि बस्न लागेको प्रतिनिधि सभाको पहिलो बैठकलाई आज...