‘बिर बिक्रम २’ र ‘जात्रै जात्रा भिड्ने पक्का, कसले मार्ला बाजी ?



हाम्रो इकोनोमि

 

चलचित्र ‘जात्रैजात्रा’ ले आफ्नो प्रदशनी मिति सारेको छ ।

यसअघि वैशाख २७ गते रिलिज हुने भनिएता पनि सोही मितिमा बलिउडको ‘स्टुडेन्ट अफ दि इयर २’ हुने भएपछि ‘जात्रै जात्राले’ आफ्नो रिलिज मिति सार्दै जेठ ३ मा पुर्याईएको हो ।

जुन आउदो बर्षको प्रतिक्षित चलचित्र हो ।

उता सोहि मितिमा अर्को नेपाली चलचित्र ‘बिर विक्रम २’ पनि रिलिज हुदैँछ ।

शनिवार ‘जात्रै जात्रा’ र ‘बिर विक्रम २’ का निर्माता बिच वार्ता भएको थियो ।

उक्त्त भेट वार्तामा जात्रै जात्रा टिमले बिर विक्रम २ का निर्माता तथा निर्देशक मिलन चाम्सलाई चलचित्र पछाडि सार्न आग्रह गरेको थियो ।

तर चाम्सले आफ्नो चलचित्र नसार्ने अडान लिएपछि जात्रै जात्रा जेठ ३ मा आउने पक्का भएको हो ।

‘जात्रै जात्रा’ लाई प्रदीप भट्टराईले निर्देशन गरेका हुन् ।

चलचित्रमा विपिक कार्की, वर्षा राउत, दयाहाङ राई, रविन्द्र झा, रविन्द्र सिंह बानियाँ लगायतका कलाकारको अभिनय रहेको छ।

भने यता ‘बिर विक्रम २’ मा वर्षा सिवाकोटी, पल शाह र नाजिर हुसेनको मुख्य भूमिका रहेको छ ।

प्रतिक्रिया दिनुहोस
गति अनुसार मति बनाउन ईश्वरको सुझाव

  नेकपा (एमाले)का नेता ईश्वर पोखरेलले पार्टीको ऐतिहासिक पृष्ठभूमि, सिद्धान्त र संगठनात्मक मजबुतीलाई...

सभामुखमा डीपी अर्यालको उम्मेदवारी दर्ता

    रास्वपा उपसभापति डोलप्रसाद अर्याल (डीपी अर्याल)ले सभामुख पदमा मनोनयन दर्ता गराएका...

एसईईका नक्कली परीक्षार्थी पक्राउ

     माध्यमिक शिक्षा परीक्षा (एसईई)मा नक्कली परीक्षार्थी बनेर परीक्षा दिन आएका एक...

युद्ध लम्ब्याउने कि फर्किने संकटमा ट्रम्प

    अमेरिकी गुप्तचर निकायले इरानसँग अझै शत्तिशाली क्षेप्यास्त्र प्रहार क्षमता कायम रहेको...