प्रधानमन्त्री ओली र उर्जामन्त्री पुनलाई कति पर्यो त्रिशुलीको आईपीओ



हाम्रो इकोनोमि

 

त्रिशुली जलविद्युत कम्पनीले निष्काशन गरेको माथिल्लो त्रिशुली–३ ‘बी’ जलविद्युत आयोजनाको आईपिओ बाँडफाँड भएको छ ।

ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री वर्षमान पुनको उपस्थितिमा बिहिबार सिंहदरबारमा आईपिओ बाँडफाँड गरिएको हो ।

आइपिओ आवेदन गरेका ५० हजार २६७ जना आवेदकले गोलाप्रथाबाट थप १० कित्ता सहित कूल ३० कित्ताका दरले शेयर प्राप्त गरेका छन् । बाँकी आवेदकलाई २० कित्ताका दरले बाँडफाँड गरिएकाे छ।

आईपिओमा आवेदन गरेका कूल एक लाख ५४ हजार ५५९ आवेदन सदर भएकाे थियाे । जसमध्ये एक लाख चार हजार २९२ जना आवेदकले २० कित्ता शेयर प्राप्त गरेका छन् ।

बिक्री प्रबन्धक ग्लोबल आइएमई क्यापिटलका अनुसार कूल ६७ वटा आवेदन रद्ध भएको छ ।

जसमध्ये दोहोरो आवेदन गरेका कारण १९ आवेदकबाट परेको ३८ र संस्थागत आवेदनबाट परेको २९ वटा आवेदन पनि रद्ध भएको हो ।

आईपिओमा एक लाख ५४ हजार ५५९ आवेदनबाट ६ करोड ४५ लाख ५२ हजार ९०० कित्ताको आवेदन परेको थियो ।

कम्पनीको आईपिओमा प्रधानमन्त्री केपी शर्मा ओलीले १० हजार कित्ता तथा ऊर्जामन्त्री वर्षमान पुनले एक हजार कित्ता शेयरको लागि आवेदन दिएका थिए। प्रधानमन्त्री ओली र उर्जामन्त्री पुनलाई २०–२० कित्ता मात्रै शेयर परेको ग्लोबल आइएमई क्यापिटलले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस
गति अनुसार मति बनाउन ईश्वरको सुझाव

  नेकपा (एमाले)का नेता ईश्वर पोखरेलले पार्टीको ऐतिहासिक पृष्ठभूमि, सिद्धान्त र संगठनात्मक मजबुतीलाई...

सभामुखमा डीपी अर्यालको उम्मेदवारी दर्ता

    रास्वपा उपसभापति डोलप्रसाद अर्याल (डीपी अर्याल)ले सभामुख पदमा मनोनयन दर्ता गराएका...

एसईईका नक्कली परीक्षार्थी पक्राउ

     माध्यमिक शिक्षा परीक्षा (एसईई)मा नक्कली परीक्षार्थी बनेर परीक्षा दिन आएका एक...

युद्ध लम्ब्याउने कि फर्किने संकटमा ट्रम्प

    अमेरिकी गुप्तचर निकायले इरानसँग अझै शत्तिशाली क्षेप्यास्त्र प्रहार क्षमता कायम रहेको...