जुम्ल्याहा बच्चाका फरक-फरक बाबु ! कसरी भयो सम्भव ?



हाम्रो इकोनोमि

 

चीनमा एउटा अनौठो घटना भएको छ । एक महिलाले जन्माएको जुम्ल्याहा सन्तानका पिता फरक फरक ब्यक्ति भएको पुष्टि भएको छ ।

यो घटना चीनको सियामेन सिटीको हो ।

डीएनए परीक्षणबाट जुम्ल्याहा बच्चाका बुबा फरक फरक रहेको तथ्य खुलेको चिनियाँ सञ्चार माध्यमलाई उद्दृत गर्दै डेली मेल अनलानइनले जनाएको छ ।

सो कुरा पुष्टि भएपछि डाक्टर पनि अचम्ममा परेका थिए । जुम्ल्याहा बच्चा जन्माउने दम्पती बच्चाको जन्म दर्ता गराउनका लागि सियामेन पुलिसमा गएका थिए । त्यहाँ उनीहरुले बच्चाको डीएनए रिपोर्ट मागेपछि यो कुराको खुलासा भएको हो ।

ती महिलाले आफ्नो श्रीमानलाई धोका दिएर अन्य व्यक्तिसँग शारीरिक सम्बन्ध राखेको डीएनए परीक्षणपछि स्वीकार गरेकी थिइन् ।

यस्तो घटना निकै कम मात्रै हुने विशेषज्ञको भनाइ छ ।

कुनै पनि महिलाले निकै कम समयको बीचमा दुई पुरुषसँग यौन सम्बन्ध कायम गरे तथा त्यसक्रममा एउटा डिम्ब ती दुई छुट्टा–छुट्टै पुरुषको शुक्रकिटबाट सेचन भएमा यस्तो हुने विशेषज्ञहरुको निष्कर्ष छ ।

अहिलेसम्म विश्वमा फरक–फरक बुबा भएका जुम्ल्याहा जन्मेको १० भन्दा कम घटना छन् ।

प्रतिक्रिया दिनुहोस
जनार्दनलाई आफ्नै जिल्लामा कालो झण्डा

    नेकपा माओवादी केन्द्रबाट अलग भएर प्रगतिशील लोकतान्त्रिक पार्टी (प्रलोपा) गठन गरेपछि...

निजी क्षेत्रमाथि आक्रमण ठिक होइन : अर्थमन्त्री

    अर्थमन्त्री रामेश्वर खनालले निजी क्षेत्रमाथि आक्रमण ठिक नभएको बताएका छन् ।...

युवा संघले ५० हजार भन्दा बढी युवा उतार्ने

  नेकपा एमालेको ११ औँ महाधिवेशनमा युवा संघ नेपालले कम्तीमा ५० हजार युवा...

एमाले अध्यक्ष ओली र काँग्रेस सभापति देउवाबीच भेटवार्ता

    नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओली र नेपाली काँग्रेसका सभापति...