घर भत्किँदा श्रीमान्को मृत्यु श्रीमती गम्भीर घाइते



हाम्रो इकोनोमि

 

जुम्ला गुठीचौर गाउँपालिका–५ मा घर भत्किँदा घाइते भएका रत्नराज गिरीको मृत्यु भएको छ ।

गुठीचौर–५ धिता बाख्रेचौरस्थित स्याउको बगैँचामा निर्माणाधीन अवस्थामा रहेको दुईतले घर बुधबार बेलुकी भत्किएको थियो ।

उपचारका क्रममा आज बिहान उनको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय जुम्लाले जनाएको छ ।

घर भत्किँदा गम्भीर घाईते भएकी श्रीमतीको अवस्था भने चिन्ताजनक रहेको कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान शिक्षण अस्पताल जुम्लामा कार्यरत डाक्टर पुजन रोकायाले बताउनुभयो ।

प्रतिक्रिया दिनुहोस
कुमारी बैंकको २६औँ साधारणसभा सम्पन्न, सेयरधनीलाई ५५ करोड नगद लाभांश

    कुमारी बैंक लिमिटेडको २६औँ वार्षिक साधारणसभा सम्पन्न भएको छ । सभाले...

लक्ष्मी सनराइज बैंकको सीईओमा सुमेद भट्टराई नियुक्त

    लक्ष्मी सनराइज बैंक लिमिटेडको प्रमुख कार्यकारी अधिकृत (सीईओ) मा सुमेद भट्टराई...

ग्लोबल आइएमई बैंकको नायव प्रमुख कार्यकारी अधिकृतमा दीपचन्द्र रेग्मी

    ग्लोबल आइएमई बैंकको नायव प्रमुख कार्यकारी अधिकृत (डीसीईओ) मा दीपचन्द्र रेग्मी...

खगेन्द्र सुनारलाई सार्वजनिक कार्यक्रममा बोल्न निषेध

    राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा)ले प्रतिनिधि सभा सदस्य खगेन्द्र सुनारको अडियो प्रकरणको छानबिन...