नेपाली शिक्षाको दुरगति : एसईईमा चिट चोराउने मान्छे धपाउन हवाई फायर !



हाम्रो इकोनोमि

 

जिल्लाको छविसपाथीभेरा गाउँपालिका बान्नीचौर मावी पाटागाउँ एसईई परीक्षा केन्द्रमा आज प्रहरीले चिट चोराउने मान्छेहरूको भिड हटाउन हवाई फायर गर्नुपरेको छ ।

परीक्षा केन्द्रमा चिट चोराउन संलग्न तीन जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ।

गणित विषयको परीक्षामा केन्द्र वरपर चिट चोराउने अभिभावकको भिडभाड भएको र धपाउन खोज्दा उल्टो प्रहरी माथि नै ढुङ्गामुढा गरेपछि प्रहरीले भिड नियन्त्रण गर्न एक राउन्ड हवाई फायर गरेको प्रहरी नायब उपरीक्षक प्रवीण धितालले बताए।

धितालका अनुसार चिट चोराउने भिडले प्रहरीमाथि नै दुर्व्यवहार र हातपात गर्न थालेपछि हवाई फायर गर्नुपरेको हो।

जिल्लामा एसईइ परिक्षामा विगत देखी चिट चोराउने प्रचलन भएकाले यसलाई सुधार गर्न अघिल्ला वर्षदेखी जिल्लाका अधिकारीहरुले परिक्षा टाईट गर्दै गएका छन् ।

परिक्षा संचालन भएका केहि केन्द्रमा भविभावकहरुको भिडभाडले प्रहरी संग सामान्य विवाद भएपनि अन्य केन्द्रमा भने परिक्षा मर्यादीत भएको शिक्षा विकास तथा समन्वय ईकाई प्रमुख सुरेन्द्र खडायतले जानकारी दिए ।

जिल्लाका १७ परीक्षा केन्द्रमा एसईई परीक्षा सञ्चालन भइरहेको छ।

प्रतिक्रिया दिनुहोस
कुमारी बैंकको २६औँ साधारणसभा सम्पन्न, सेयरधनीलाई ५५ करोड नगद लाभांश

    कुमारी बैंक लिमिटेडको २६औँ वार्षिक साधारणसभा सम्पन्न भएको छ । सभाले...

लक्ष्मी सनराइज बैंकको सीईओमा सुमेद भट्टराई नियुक्त

    लक्ष्मी सनराइज बैंक लिमिटेडको प्रमुख कार्यकारी अधिकृत (सीईओ) मा सुमेद भट्टराई...

ग्लोबल आइएमई बैंकको नायव प्रमुख कार्यकारी अधिकृतमा दीपचन्द्र रेग्मी

    ग्लोबल आइएमई बैंकको नायव प्रमुख कार्यकारी अधिकृत (डीसीईओ) मा दीपचन्द्र रेग्मी...

खगेन्द्र सुनारलाई सार्वजनिक कार्यक्रममा बोल्न निषेध

    राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा)ले प्रतिनिधि सभा सदस्य खगेन्द्र सुनारको अडियो प्रकरणको छानबिन...