नेपाली शिक्षाको दुरगति : एसईईमा चिट चोराउने मान्छे धपाउन हवाई फायर !



हाम्रो इकोनोमि

 

जिल्लाको छविसपाथीभेरा गाउँपालिका बान्नीचौर मावी पाटागाउँ एसईई परीक्षा केन्द्रमा आज प्रहरीले चिट चोराउने मान्छेहरूको भिड हटाउन हवाई फायर गर्नुपरेको छ ।

परीक्षा केन्द्रमा चिट चोराउन संलग्न तीन जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ।

गणित विषयको परीक्षामा केन्द्र वरपर चिट चोराउने अभिभावकको भिडभाड भएको र धपाउन खोज्दा उल्टो प्रहरी माथि नै ढुङ्गामुढा गरेपछि प्रहरीले भिड नियन्त्रण गर्न एक राउन्ड हवाई फायर गरेको प्रहरी नायब उपरीक्षक प्रवीण धितालले बताए।

धितालका अनुसार चिट चोराउने भिडले प्रहरीमाथि नै दुर्व्यवहार र हातपात गर्न थालेपछि हवाई फायर गर्नुपरेको हो।

जिल्लामा एसईइ परिक्षामा विगत देखी चिट चोराउने प्रचलन भएकाले यसलाई सुधार गर्न अघिल्ला वर्षदेखी जिल्लाका अधिकारीहरुले परिक्षा टाईट गर्दै गएका छन् ।

परिक्षा संचालन भएका केहि केन्द्रमा भविभावकहरुको भिडभाडले प्रहरी संग सामान्य विवाद भएपनि अन्य केन्द्रमा भने परिक्षा मर्यादीत भएको शिक्षा विकास तथा समन्वय ईकाई प्रमुख सुरेन्द्र खडायतले जानकारी दिए ।

जिल्लाका १७ परीक्षा केन्द्रमा एसईई परीक्षा सञ्चालन भइरहेको छ।

प्रतिक्रिया दिनुहोस
अख्तियार प्रमुख र गृहमन्त्रीबीच भेट, ठूला माछा समात्ने तयारी

    गृहमन्त्री सुधन गुरुङले अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख आयुक्त प्रेमकुमार राईलाई...

१०५ अंक घट्यो सेयर बजार

    आइतबार नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा उच्च अंकको गिरावट आएको छ...

यस्ता छन मन्त्रिपरिषद् बैठकका निर्णय

    सरकारले आइतबार दिउँसो बसेको मन्त्रिपरिषद् बैठकका प्रमुख निर्णयहरू सार्वजनिक गरेको छ...

शनिवार र आइतवार सार्वजनिक विदा

    सरकारले शनिवार र आइतवार सार्वजनिक विदा दिने निर्णय गरेको छ ।...