ममी भन्दाभन्दै आमाले पुलबाट हाम फालिन् (भिडियोसहित)



हाम्रो इकोनोमि

 

कोलम्बियामा जेसी माउला परुज कु्रज नाम गरेकी एक महिलाले आफ्नो १० वर्षीय छोरासँगै पुलबाट हाम फालेर आत्महत्या गरेकी छन् ।

उनको छोराले हाम नफाल्नु ममी भन्दाभन्दै छोरासँगै ती महिलाले आत्महत्या गरेको भिडियो अहिले सामाजिक सञ्जालमा भाइरल भएको हो ।

प्रहरीका अनुसार उनी आफ्नो १० वर्षीय छोरा बोकेर आत्माहत्या गर्नको लागि उनकै टोलिस्थित ला भेरेन्टि पुलमा पुगेकी थिइन् ।

त्यसपछि प्रहरीले आमा र छोरा दुवैलाई बचाउनको लागिपुलमा पुगेका थिए ।

त्यस्तै उनको छोराले पनि आमालाई हाम नफाल्नु भनेर रुदै गुहार मागेको थिए । तर अन्तत ती महिलाले पुलबाट हाम फालेर बच्चासँगै आत्महत्या गरेकी छन् ।

कोलम्बिया प्रहरीले आत्माहत्याको कारणबारे अनुसन्धान गरेको थियो । आत्महत्या गर्नुको पछाडि ३२ वर्षीय महिला धेरै ऋणमा थिइन् ।

ऋणदाताले पैसा तिर्न नसकेपछि घरबाटै निकालिदिएको र त्यसपछि आत्माहत्या गरेको अनुसन्धानबाट खुलेको प्रहरी अधिकारीहरुले बताएका छन् ।

भिडियाे हेर्नुहाेस्

 

 

 

 

प्रतिक्रिया दिनुहोस
जनार्दनलाई आफ्नै जिल्लामा कालो झण्डा

    नेकपा माओवादी केन्द्रबाट अलग भएर प्रगतिशील लोकतान्त्रिक पार्टी (प्रलोपा) गठन गरेपछि...

निजी क्षेत्रमाथि आक्रमण ठिक होइन : अर्थमन्त्री

    अर्थमन्त्री रामेश्वर खनालले निजी क्षेत्रमाथि आक्रमण ठिक नभएको बताएका छन् ।...

युवा संघले ५० हजार भन्दा बढी युवा उतार्ने

  नेकपा एमालेको ११ औँ महाधिवेशनमा युवा संघ नेपालले कम्तीमा ५० हजार युवा...

एमाले अध्यक्ष ओली र काँग्रेस सभापति देउवाबीच भेटवार्ता

    नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओली र नेपाली काँग्रेसका सभापति...