ममी भन्दाभन्दै आमाले पुलबाट हाम फालिन् (भिडियोसहित)



हाम्रो इकोनोमि

 

कोलम्बियामा जेसी माउला परुज कु्रज नाम गरेकी एक महिलाले आफ्नो १० वर्षीय छोरासँगै पुलबाट हाम फालेर आत्महत्या गरेकी छन् ।

उनको छोराले हाम नफाल्नु ममी भन्दाभन्दै छोरासँगै ती महिलाले आत्महत्या गरेको भिडियो अहिले सामाजिक सञ्जालमा भाइरल भएको हो ।

प्रहरीका अनुसार उनी आफ्नो १० वर्षीय छोरा बोकेर आत्माहत्या गर्नको लागि उनकै टोलिस्थित ला भेरेन्टि पुलमा पुगेकी थिइन् ।

त्यसपछि प्रहरीले आमा र छोरा दुवैलाई बचाउनको लागिपुलमा पुगेका थिए ।

त्यस्तै उनको छोराले पनि आमालाई हाम नफाल्नु भनेर रुदै गुहार मागेको थिए । तर अन्तत ती महिलाले पुलबाट हाम फालेर बच्चासँगै आत्महत्या गरेकी छन् ।

कोलम्बिया प्रहरीले आत्माहत्याको कारणबारे अनुसन्धान गरेको थियो । आत्महत्या गर्नुको पछाडि ३२ वर्षीय महिला धेरै ऋणमा थिइन् ।

ऋणदाताले पैसा तिर्न नसकेपछि घरबाटै निकालिदिएको र त्यसपछि आत्माहत्या गरेको अनुसन्धानबाट खुलेको प्रहरी अधिकारीहरुले बताएका छन् ।

भिडियाे हेर्नुहाेस्

 

 

 

 

प्रतिक्रिया दिनुहोस
इरानलाई पूर्णरुपमा समाप्त पर्ने ट्रम्पको धम्की

    अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानसँग तत्कालै सम्झौता नभए पूरै देश नै...

अख्तियार प्रमुख र गृहमन्त्रीबीच भेट, ठूला माछा समात्ने तयारी

    गृहमन्त्री सुधन गुरुङले अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख आयुक्त प्रेमकुमार राईलाई...

१०५ अंक घट्यो सेयर बजार

    आइतबार नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा उच्च अंकको गिरावट आएको छ...

यस्ता छन मन्त्रिपरिषद् बैठकका निर्णय

    सरकारले आइतबार दिउँसो बसेको मन्त्रिपरिषद् बैठकका प्रमुख निर्णयहरू सार्वजनिक गरेको छ...