परीक्षा नुहुँदै एसइईको पश्नपत्र फेसबुकको म्यासेन्जरमा छ्याप्छ्याप्ती !



हाम्रो इकोनोमि

 

सप्तरीमा सञ्चालित एसइई परीक्षा अमर्यादित रुपमा सञ्चालन भइरहेको पाइएको छ ।

बिहीबार भएको विज्ञान विषयको प्रश्नपत्र परीक्षा सुरु हुनुपूर्व नै आउट भएको छ ।

परीक्षा सुरु हुने समय बिहान ८ बजेका लागि निर्धारण गरिए पनि ७ :४७ मिनेटमै प्रश्नपत्र बाहिरिएको छ।

प्रश्नपत्र समाजिक सञ्जाल ‘फेसबुक’मा समेत पोष्ट भएका छन्।

परीक्षा सुरु हुनुपूर्व नै प्रश्न पत्र बाहिरिएको विषय सत्य भएको सप्तरीका सिडिओ तथा परीक्षा समन्वय समितिका संयोजक सुरेन्द्र पौडेलले बताए ।

प्रश्नपत्र कसरी आउट भयो भन्ने विषयमा अनुसन्धान भइरहेको पौडेलले बताए।

यसअघि बुधबार साँझ पनि विज्ञान विषयको प्रश्न पत्र आउट भएको हल्ला चलेको थियो।

विभिन्न सञ्चार माध्यम तथा सामाजिक सञ्चालनमा प्रश्न पत्र पोष्ट भएका थिए।

तर, साँझ आउट भएको भनिएको प्रश्न पत्र नक्कली भएको सिडिओ पौडेलको दाबी छ।

प्रतिक्रिया दिनुहोस
एमाले अध्यक्ष ओली र काँग्रेस सभापति देउवाबीच भेटवार्ता

    नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओली र नेपाली काँग्रेसका सभापति...

प्रधानमन्त्री निवास बालुवाटारमा सर्वपक्षीय बैठक

    बालुवाटारमा सर्वपक्षीय बैठक जारी छ । प्रधानमन्त्री निवास बालुवाटारमा केहीबेर अघिबाट...

मधेशमा विवादित नियुक्ति: आदेश उल्लङ्घन र पद दुरुपयोग आरोप

मधेश प्रदेशमा सरकार सञ्चालनका क्रममा देखिएको एक बहुचर्चित निर्णय अहिले राजनीतिक, कानुनी तथा...

चुनावको तयारीबारे ब्रिफिङ गर्दै निर्वाचन आयोग

    चुनावको तयारीबारे निर्वाचन आयोगले सरकार र राजनीतिक दलहरूलाई एकसाथ ब्रिफिङ गर्दैछ...