सारा नेपालीका लागि खुशीको खबर : विश्वको उत्कृष्ट गन्तब्य सूचीमा नेपालको समावेश समेटियो



हाम्रो इकोनोमि

 

सन् २०१९ मा घुम्नैपर्ने विश्वका उत्कृष्ट २५ पर्यटकीय गन्तव्यको सूचीमा मठ–मन्दिरको सहर भनेर चिनिएको नेपालको राजधानी काठमाडौं पनि समावेश भएको छ।

यात्राबारे जानकारी र विवरण दिन कहलिएको तथा स्थापित अमेरिकी ‘ट्राभल साइट’ ट्रिप एडभाइजर डटकमले काठमाडौंलाई यो भ्रमण गर्नैपर्ने १९औँ उत्कृष्ट पर्यटकीय गन्तव्यमा राखेको हो।

ट्रिप एडभाइजर डटकमले काठमाडौंलाई गन्तब्य सूचीमा समावेश गर्दै उपत्यका र यस आसपासका धार्मिक एवं ऐतिहासकस्थल, वास्तुकलायुक्त अनुपम भवन, संग्रहालय र मन्दिरहरुलाई यात्रुले हेर्नै पर्ने भनेर व्यख्या गरेको छ।

चन्द्रागिरि, नगरकोट, शिवपुरी निकुञ्ज, विभिन्न उद्यानका साथै विश्व सम्पदा सूचीमा सूचीकृत स्थानहरुका विवरण पनि सो साइटमा उल्लेख गरिएको छ।

ट्रिप एडभाइजरले बेलायतको राजधानी लन्डनलाई पहिलो नम्बरमा समावेश गरेको छ भने फ्रान्सको पेरिस दोस्रो, इटलीको रोम तेस्रो, ग्रीसको क्रेट चौथो र इन्डोनेसियाको बाली पाँचौ नम्बरमा छन्।

प्रतिक्रिया दिनुहोस
संसद्को रोस्ट्रमबाट रविले मागे दलित समुदायसँग माफी

    राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा)का सभापति रवि लामिछानेले प्रतिनिधिसभाको रोस्ट्रमबाट दलित समुदायसँग माफी...

व्यावसायी दीपक भट्ट काठमाडौंबाट पक्राउ

    सम्पत्ति शुद्धीकरणको अनुसन्धानमा रहेका व्यावसायी दीपक भट्ट पक्राउ परेका छन् ।...

नबिल बैंकको अविमोच्य असञ्चिति अग्राधिकार शेयरको धितोपत्रको दोस्रो बजारमा कारोबार सुरु

    नबिल बैंकको ‘नबिल ८ प्रतिशत अविमोच्य असञ्चिति अग्राधिकार शेयर’को धितोपत्रको दोस्रो...

सबै दलका शीर्ष नेताले संसदमा सम्बोधन गर्ने

    फागुन २१ को निर्वाचनपछि बस्न लागेको प्रतिनिधि सभाको पहिलो बैठकलाई आज...