यी हुन् जिल्ला हाक्ने महिला सिडिओहरु



हाम्रो इकोनोमि

 

नेपालमा उच्च ओहोदामा पुरुषहरुको बाहुल्यता रहेको अवस्थामा अहिलेको आएर महिलाले पनि उच्च ओहोदामा आप्mनो उपस्थिती देखाउन थालेका छन् ।

हाल नेपालको राष्ट्रपतिमा पनि महिला नै छन् विद्यादेवी भण्डारी ।

यसैगरी हाल आएर सरकारी निकायमा महिलाको उल्लेख्य सहभागीता देखिएको छ ।

हाल देशका १० जिल्लामा महिला प्रमुख जिल्ला अधिकारीहरुले जिल्ला चलाइरहेका छन् ।

महिलाले केहि पनि काम गर्न सक्दैनन् भन्ने नेपाली रुढीवादी सोचलाई उनीहरुको नेतृत्वले चुनौती दिएको छ ।

ती भाग्यमानी १० महिलाहरुमा ४ जना प्रमुख जिल्ला अधिकारी र ६ जना सहायक प्रमुख जिल्ला अधिकारीको कार्यभार सम्हालि रहेका छन् ।

प्रमुख जिल्ला अधिकारीको कार्यभार सम्हाल्नेमा तेहृथुम जिल्ला प्रशासन कार्यालयमा लक्ष्मीदेवी हुमागाई खतिवडा, भोजपुर जिल्ला प्रशासन कार्यालयमा हिरादेवी पौडेल, ओखलढुंगा जिल्ला प्रशासन कार्यालयमा मेनका न्यौपाने र जुम्ला जिल्ला प्रशासन कार्यालयमा दुर्गा वन्जाडे रहेका छन् ।

यसैगरी सहायक प्रमुख जिल्ला अधिकारीको कार्यभार सम्हालि रहेका ६ जनामा ताप्लेजुङ्ग जिल्ला प्रशासन कार्यालयमा गीताकुमारी राई, मोरङ्गमा चन्द्रकला ओली चाँैलागाई, सिन्धुलीमा विजया कुमारी प्रसाई, म्याग्दीमा तिलादेवी अर्याल, डोल्पामा लक्ष्मीदेवी शर्मा र सुर्खेतमा विनीता भट्टराई रहेका छन् ।

प्रतिक्रिया दिनुहोस
संसद्को रोस्ट्रमबाट रविले मागे दलित समुदायसँग माफी

    राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा)का सभापति रवि लामिछानेले प्रतिनिधिसभाको रोस्ट्रमबाट दलित समुदायसँग माफी...

व्यावसायी दीपक भट्ट काठमाडौंबाट पक्राउ

    सम्पत्ति शुद्धीकरणको अनुसन्धानमा रहेका व्यावसायी दीपक भट्ट पक्राउ परेका छन् ।...

नबिल बैंकको अविमोच्य असञ्चिति अग्राधिकार शेयरको धितोपत्रको दोस्रो बजारमा कारोबार सुरु

    नबिल बैंकको ‘नबिल ८ प्रतिशत अविमोच्य असञ्चिति अग्राधिकार शेयर’को धितोपत्रको दोस्रो...

सबै दलका शीर्ष नेताले संसदमा सम्बोधन गर्ने

    फागुन २१ को निर्वाचनपछि बस्न लागेको प्रतिनिधि सभाको पहिलो बैठकलाई आज...