विप्लव दाई ! प्रेम बिनाको सम्बन्ध र आत्मविस्वास बिनाको क्रान्तिले क्षति पुर्‍याउछ: निर पवन



हाम्रो इकोनोमि

 

जनवादी कलाकार निर पवनले प्रेम बिनाको सम्बन्ध र आत्मविस्वास बिनाको क्रान्तिले क्षति पुर्‍याउने धारणा व्यक्त गरेकी छिन् ।

उनले सामाजिक स‌ंजाल फेसबुकमा लेख्दै यस्ताे धारणा राखेकी हुन् ।

उनले  नेताहरुले जे भन्याे त्यही खुरु खुरु गरिदिने नेपाली जनता महान् भएकाे भन्दै विप्लवकाे क्रान्तिमाथि नै प्रश्न उठाएकी छिन् ।

‘नेताहरू आफ्नो बच्चालाई महँगो बोडीङ स्कुलमा पढाउछन् र जनताको छोराछोरीलाई त्यही बोडीङमा ढुंगा हान भन्छन्- हानिदिन्छन् । आफुहरु विदेशी वाइन पिउँदै जनजातिको छोराछोरीलाई मूर्ख बनाउँदै, आफ्नै आमाको रक्सीको घैला फोर भन्छन्- फोरिदिन्छन् । जनताको छोरीलाई नाकको फुलि फाल्न लगाउँदै, आफ्नो भणडार सुनचाँदिले सझाउँदै, जनताको छोराछोरीलाई सादा जीवन उच्च बिचारको पाठ घोकाउछन् र काधमा बन्दुक थमाइ दिन्छ ।’  उनले गंभिर भएर लेखेकी छिन् ।

विप्वले भन्दै आएकाे क्रान्तिप्रति कठाेर भएर शंका प्रकट गर्दै निर पवन लेख्छिन्, ‘त्यही पराइको भूमिमा नेपाली क्रन्तिको नक्सा कोर्छन र आदेश दिन्छ । त्यही भूमिबाट लड बिस्तार बादद्को विरुद्ध हामी तीन हात उफ्रिदिन्छौं । शङका छ …..दाइ ! शङका….. ।’

प्रतिक्रिया दिनुहोस
संसद्को रोस्ट्रमबाट रविले मागे दलित समुदायसँग माफी

    राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा)का सभापति रवि लामिछानेले प्रतिनिधिसभाको रोस्ट्रमबाट दलित समुदायसँग माफी...

व्यावसायी दीपक भट्ट काठमाडौंबाट पक्राउ

    सम्पत्ति शुद्धीकरणको अनुसन्धानमा रहेका व्यावसायी दीपक भट्ट पक्राउ परेका छन् ।...

नबिल बैंकको अविमोच्य असञ्चिति अग्राधिकार शेयरको धितोपत्रको दोस्रो बजारमा कारोबार सुरु

    नबिल बैंकको ‘नबिल ८ प्रतिशत अविमोच्य असञ्चिति अग्राधिकार शेयर’को धितोपत्रको दोस्रो...

सबै दलका शीर्ष नेताले संसदमा सम्बोधन गर्ने

    फागुन २१ को निर्वाचनपछि बस्न लागेको प्रतिनिधि सभाको पहिलो बैठकलाई आज...