पचास लाखको बार्गेनिङ्ले जागिर चट्



हाम्रो इकोनोमि

 

 

कैलाली क्षेत्र नम्बर–२ मा ‘दबंग’ सांसदको उपाधि पाएका झपटबहादुर रावलले स्वकीय सचिव पुरन चौधरीलाई जागिरबाट निकालेको खबर छ । चौधरीलाई स्वकीय सचिवमा नियुक्ति गर्दा नै क्षेत्र नम्बर–२ का कार्यकर्ताले सांसद रावलको विरोध गरेका थिए । चौधरीको घर कैलाली क्षेत्र नम्बर–१ को टीकापुर नगरपालिका वडा नम्बर–४ बाघमारामा पर्छ । क्षेत्र नम्बर–१ को मान्छेलाई किन स्वकीय सचिवको अवसर दिएको भनेर पार्टीमा समेत कुरा उठ्दै आएको थियो । तर, रावलले पार्टी कार्यकर्ताको गुनासोको खासै वास्ता गरेका थिएनन् ।

 

काठमाण्डौंबाट कैलाली आउदा चौधरीले रावलको स्वागतमा हुल्लडबाज युवाहरूलाई परिचालन गर्ने प्रवृत्तिको पार्टीमा आलोचना हुँदै आएको थियो । हिन्दी सिनेमाहरूमा देखाइने अपराधिक पृष्ठभूमिबाट सांसद भएकाहरूको तडकभडक जस्तो राजनीतिक जीवनशैली  रावलमा विकास भइरहेकोप्रति कैलाली नेकपाका नेता कार्यकर्ताहरूले चिन्ता व्यक्त गर्दै आएका थिए ।

 

धनगढी एअरपोर्टमा उत्रिने वित्तिकै रावलको गाडी अघिपछि पार्टीका कार्यकर्ताभन्दा हुल्लडवाज युवाहरू मात्र देखिदा समाजमा गलत संदेश प्रवाह हँुदै आएकोले पार्टीका अरु नेताहरूलाई राजनीतिक सेवा गर्न मुस्किल भइरहेको नेकपाका एक जना नेताले साँघुलाई बताए । स्वकीय सचिव पुरन चौधरीका कारण  सांसद रावलको पनि साख गिर्न थालेपछि चौधरीलाई अहिले हटाउनु परेको नेकपाका लम्कीस्थित एकजना नेताको भनाई छ ।

 

भारतबाट करीब ७२ लाख भारतीय रुपैयाँ चोरी गरेर ल्याउदा पक्राउ परेका लम्कीचुहा नगरपालिकाका कृष्णराज जोशीलाई छुटाइदिन्छु भनि ५० लाख रुपैयाँको बार्गेनिङ गरेको आरोप खेप्दै आएका चौधरीको अडियो टेप नै बाहिरिएपछि सांसद रावलले उनलाई स्वकीय सचिवबाट हटाएको बताइन्छ ।

 

पुर्पक्षका लागि कैलाली कारागारमा रहेका जोशीलाई रिहा गराउन सेटिङको खोजीमा रहेका  कृष्णराजका भाई टेकराजले रावलका स्वकीय सचिव चौधरीलाई भेटेर अलि अलि खर्च गरेर भए पनि दाईलाई जेलबाट रिहा गराउने प्रस्ताव सुनाए । स्रोतले भन्यो ‘जोशीको मुद्दा मिलाउन सांसद रावलले ५० लाख रुपैयाँ खर्च लाग्ने बताएको चौधरीको भनाई थियो ।’

 

१० लाख रुपैयाँसम्म तिर्न तयार भएका टेकराज जोशी आफ्नै क्षेत्रको सांसदले ५० लाख खर्च लाग्छ भन्ने खबर स्वकीय सचिवमार्फत पठाएपछि काम नहुने भो भन्दै लम्की फर्किएका थिए । चौधरी र जोशीबीच काठमाण्डौको एक रेष्टुरेन्टमा रकमका विषयमा छलफल भएको स्रोतको दाबी छ । उक्त वार्तालापको अडियोको केही अंश  सार्वजनिक  भएपछि चौधरी विवादित बनेका थिए । त्यो विवादमा सांसद रावल पनि तानिनसक्ने खतरा भएकाले चौधरीलाई स्वकीय सचिवबाट हटाएको लम्की चुहा नगरपालिकामा चर्चा छ ।

 

चौधरीको स्थानमा रावलले कैलाली क्षेत्र नम्बर–२ प्रतापपुरका दिनेश चौलागाईलाई स्वकीय सचिव बनाएका छन । खासगरी रावल सांसद भएदेखि लम्कीका धनन्जय न्यौपाने स्वकीय सचिव बन्न इच्छुक थिए । स्वकीय सचिव बन्नैका  लागि न्यौपानेले रावलको खुबै सेवा गरेको लम्कीमा नेकपाका कार्यकर्ताहरू बताउने गर्छन् ।

 

तर, रावलले स्वकीय सचिवमा आफ्नै गाउँका चौलागाईलाई ल्याएपछि न्यौपाने सामाजिक सञ्जाल फेसबुकमा दुख मनाउ गरिरहेका छन् । केही दिन अघिसम्म रावलको चाकडी र चाप्लुसीमा लिप्त भएको प्रमाण देखाउन न्यौपाने विहान उठ्ने वित्तिकै सांसद रावलको तस्विर पोष्ट गर्थे । आजकाल त्योक्रम रोकिएको लम्कीका मानिसहरू बताउछन ।

 

न्यौपाने जस्तै सांसद झपटबहादुर रावल र भीमबहादुर रावलको चाकडी र चाप्लुसीमा लिप्त भएको देखाउने एक पात्र हुन कैलाली जिल्ला समन्वय समितिका कर्मचारी नेत्र भण्डारी ।

 

मान्छेहरू विहान उठ्ने वित्तिकै भगवानको नाम जप्छन तर भण्डारीले निद्राबाट ब्यँुझिने वित्तिकै ‘‘स्मृतिका पानाहरू’’ भन्दै झपट र भीम रावलको नाम जप्ने गरेको  भन्दै कैलालीमा भण्डारीप्रति ब्यंङ्ग्य हुने गरेको नेकपाका नेता कार्यकर्ताकाबीच चर्चा हुँदै आएको छ ।(साँघु साप्ताहिक

प्रतिक्रिया दिनुहोस
संसद्को रोस्ट्रमबाट रविले मागे दलित समुदायसँग माफी

    राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा)का सभापति रवि लामिछानेले प्रतिनिधिसभाको रोस्ट्रमबाट दलित समुदायसँग माफी...

व्यावसायी दीपक भट्ट काठमाडौंबाट पक्राउ

    सम्पत्ति शुद्धीकरणको अनुसन्धानमा रहेका व्यावसायी दीपक भट्ट पक्राउ परेका छन् ।...

नबिल बैंकको अविमोच्य असञ्चिति अग्राधिकार शेयरको धितोपत्रको दोस्रो बजारमा कारोबार सुरु

    नबिल बैंकको ‘नबिल ८ प्रतिशत अविमोच्य असञ्चिति अग्राधिकार शेयर’को धितोपत्रको दोस्रो...

सबै दलका शीर्ष नेताले संसदमा सम्बोधन गर्ने

    फागुन २१ को निर्वाचनपछि बस्न लागेको प्रतिनिधि सभाको पहिलो बैठकलाई आज...