सापट दिएको ३० हजार माग्दा नयाँदिल्लीमा मारिए नेपाली, दुईजना पक्राउ



 

भारतको राजधानी नयाँदिल्लीको कापस हेरामा एक जना नेपाली नागरिकले आफूले सापट दिएको ३० हजार रुपैयाँ फिर्ता माग्दा ज्यान गुमाउनु परेको छ । बुधबारको भारतीय पत्रिका बिजनेस स्ट्यान्डर्डले जनाएअनुसार सो घटनामा संलग्न रहेका २६ वर्षिय एक युवक र उनका साथी रहेका अर्का एक किशोरलाई मंगलबार भारतीय प्रहरीले पक्राउ गरेको छ ।

 

सो घटना यही मार्च २१ तािरखको राति भएको थियो । मारिने नेपाली ४८ वर्षिय भोजनारायण रहेको प्रहरीले जनाएको छ । उनको नेपालमा घर कहाँ हो भन्ने पनि समाचारमा खुलाइएको छैन । २६ वर्षिय ती युवकको नाम भने नितिन यादव हो । अर्का किशोरको नाम भने प्रहरीले खुलाएको छैन । प्रहरीका अनुसार नीतिनले नै प्रहरीलाई फोन गरेर कोही व्यक्ति घाइते भएको जानकारी गराएका थिए ।

 

उनले आफूले सहयोगीको भूमिका खेल्दै भोजनारायणलाई अस्पताल लग्ने प्रयास गरेको भन्दै सुरुमा ढाँटेका थिए । तर प्रहरीले कहाँ भेटेको हो र के भएको हो भन्ने बारेमा सोधपुछ गर्दा उनले चित्तबुझ्दो जवाफ दिन नसकेपछि उनलाई निगरानीमा राखेर प्रहरीले अनुसन्धान अघि बढाएको डेपुटी कमिस्नर अफ पुलिस (डीसीपी) देवेन्द्र आर्यालले बताएका छन् । पछि भने निज यादवले आफूले नै घटना गराएको स्वीकार गरेका थिए ।

प्रहरीले जनाएअनुसार हत्याको प्रमुख कारण ३० हजार रुपैयाँ सापट लिएको प्रसंगसँग जोडिएको  पाइएको छ । मारिएका व्यक्तिसँग यादवले  सो रकम सापटी लिएका थिए । भोजनारायणले  रकम माग्दा हत्या भएको बताइएको छ । भोजनारायण  कापस हेरा फार्म हाउस नजिकै लडिरहेको अवस्थामा भेटिएका थिए ।

 

केही रगत समेत सो स्थानमा लागेको देखिएको  थियो । पछि यादवले आफूले नारायणलाई फलामको रडले आक्रमण गरेको र द्वारकामा रहेको निजी अस्पतालमा भर्ना गरेको तर त्यहीँ चिकित्सकले उनलाई मृत घोषणा गरेको स्वीकार गरेका  थिए । नारायण कापस हेरामा एउटा भाडाको घरमा बस्दै आएका थिए ।

 

‘‘विस्तृत रुपमा अनुसन्धान थालिएपछि यादवले आफ्नो अपराध स्वीकार गरेको छ । उसले आफूले फलामको रडले टाउकोमा हानेको स्वीकार गर्यो । उसले केही महिनाअघि नारायणसँग ३० हजार रुपैयाँ सापट लिएको बताएको छ ।  भोजनारायणले सो रकम फिर्ता गर्न दबाब दिएपछि उसले मार्ने योजना बनाएको रहेछ,’’ डीसीपी आर्यालाई उद्धृत गर्दै  बिजनेश स्ट्यान्डर्डले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस
वाणिज्य बैंकको नयाँ ब्याजदर सार्वजनिक

    वाणिज्य बैंकहरुले माघ महिनाका लागि  नयाँ ब्याजदर सार्वजनिक गरेका छन् ।

रवि लामिछानेलाई प्रहरीको जिम्मा लगाइयो

    राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेलाई प्रहरीको जिम्मा लगाउने

रवि लामिछानेको बयान सकियो

    काठमाडौंको स्वर्णलक्ष्मी सहकारी ठगीसम्बन्धी मुद्दाका अभियुक्त रास्वपा सभापत रवि लामिछानेको बयान

रवि लामिछानेको पक्षमा २० जना वकिलले बहस गर्ने

    रवि लामिछानेको पक्षमा २० जना वकिलले बहस गर्ने भएका छन ।