आपराधिक गतिविधिमा संलग्न पक्राउ



हाम्रो इकोनोमि

 

आपराधिक घटनामा संलग्न व्यक्तिलाई प्रहरीले विभिन्न स्थानबाट पक्राउ गरेको छ ।

प्रहरी परिसर काठमाडौँ मातहत वृत्तका इलाकामा प्रहरी परिचालन गरी विप्लव समूहका अवान्छित गतिविधिलाई नियन्त्रणका लागि चलाइएको विशेष खोजी अभियानका क्रममा चार व्यक्तिलाई पक्राउ गरिएको परिसरका प्रवक्ता होविन्द्र बोगटीले जानकारी दिनुभयो ।

सामाजिक विकृति, विसङ्गती, गुण्डागर्दीलगायत आपराधिक घटना नियन्त्रण गरी सर्वसाधारणलाई सुरक्षाको प्रत्याभूति दिलाउने उद्देश्यले पछिल्लो समयमा विशेष सर्च अप्रेशन चलाउँदै आएको प्रहरीले जनाएको छ ।

सो क्रममा मङ्गलबार साँझ बालाजुबाट एक थान खुकुरी, फलामको रड र लागुऔषध १३९ एम्पुल डाईजापाम, फेनारगन, नुरफिनसहित मनमैजुका सन्तोष तामाङ र थर नखुलेका अभयलाई पक्राउ गरिएको परिसरले आज एक सूचना जारी गरी जनाएको छ ।

यसैबीच नयाँबसपार्कबाट १६ ग्राम खैरो हेरोइन र खैरो हेरोइन जोख्ने यन्त्र (तराजु) सहित बाँके कोहलपुरका रमेश बस्नेत र शेरसिंह रोकायालाई पक्राउ गरी थप अनुसन्धान थालिएको परिसरले जनाएको छ ।

बौद्ध नागेश्वरी गल्ली र गोकर्णेश्वर नगरपालिका–५ जोरपाटीबाट ४०० लिटर घरेलु मदिरा र मदिरा बनाउन प्रयोग गर्ने कच्चा पदार्थ तीन हजार ३०० लिटर बरामद गरी सोही स्थानमा स्थानीय बासिन्दा, वडा प्रतिनिधि र सञ्चारकर्मीको रोहबरमा नष्ट गरिएको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस
संसद्को रोस्ट्रमबाट रविले मागे दलित समुदायसँग माफी

    राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा)का सभापति रवि लामिछानेले प्रतिनिधिसभाको रोस्ट्रमबाट दलित समुदायसँग माफी...

व्यावसायी दीपक भट्ट काठमाडौंबाट पक्राउ

    सम्पत्ति शुद्धीकरणको अनुसन्धानमा रहेका व्यावसायी दीपक भट्ट पक्राउ परेका छन् ।...

नबिल बैंकको अविमोच्य असञ्चिति अग्राधिकार शेयरको धितोपत्रको दोस्रो बजारमा कारोबार सुरु

    नबिल बैंकको ‘नबिल ८ प्रतिशत अविमोच्य असञ्चिति अग्राधिकार शेयर’को धितोपत्रको दोस्रो...

सबै दलका शीर्ष नेताले संसदमा सम्बोधन गर्ने

    फागुन २१ को निर्वाचनपछि बस्न लागेको प्रतिनिधि सभाको पहिलो बैठकलाई आज...