डिभोर्स गरेर छुट्टिएर बसेका गायिका अन्जु पन्त र पुर्व पति मनोज राजलाई मिलाइन प्रियंका कार्कीले



हाम्रो इकोनोमि

 

दाम्पत्य जीवन सुखद नभएपछि पति मनोज राजसँग सम्बन्ध बिच्छेद गरेकी गायिका अञ्जु पन्तले हालै अचम्मको ‘सहकार्य’ गरेकी छन् ।

व्यक्तिगत सम्बन्धमा आएका विवादलाई छताछुल्ल पारेर सम्बन्ध बिच्छेद गरेको यो जोडीले भत्किएको जीवनलाई उठाउने पारिवारिक सहकार्यचाहीँ गरेका होइनन् ।

उनीहरूको यात्रा गायनका लागि भएको हो । जसको गीत र म्युजिक भिडियो बजारमा आइसकेको छ ।

युगल स्वरमा ‘सम्झे पनि तिम्रो याद’ बोलको गजलको म्युजिक भिडियो नै बाहिरिएको छ ।

मनोज राजको संगित रहेको गजलमा अञ्जु पन्त गाउन राजी भएपछि गीत आएको हो । गजल सुरेश वाग्लेले लेखेका हुन् ।

निकेश खड्काले निर्देशन गरेको गजलको म्यूजिक भिडियोमा अभिनेत्री प्रियंका कार्की, अनिल थापा र गजलकार वाग्लेको अभिनय छ । सचिन सिंहले संगीत संयोजन गरेका छन् ।

उनीहरुले सँगै स्टुडियोमा गएर गाएको भने यो नै पहिलो पट हो । उनीहरू सँगै गाउन राजी नभए पनि गजलकार वाग्लेको पहललले काम गरेको थियो ।

प्रतिक्रिया दिनुहोस
जेल मुक्त भए रवि लामिछाने

  राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने रिहा भएका छन् । उच्च अदालत...

केन्द्रीय सदस्य मनोनीत नगरियोस् : सुरेन्द्र पाण्डे

    एमालेको ११औँ महाधिवेशनमा महासचिवका प्रत्यासी रहेका सुरेन्द्र पाण्डेले केन्द्रीय सदस्यमा पनि...

२४ बुँदे प्रस्ताव पारित गर्दै एमालेको ११ औं महाधिवेशनम सम्पन्न

  नेकपा (एमाले)को हिजो सकिएको ११ औं राष्ट्रिय महाधिवेशनले विभिन्न विषयमा २४ बुँदे...

रवि लामिछाने आज रिहा हुँदै

    रास्वपा सभापति एवं पूर्वगृहमन्त्री रवि लामिछाने रिहाइ प्रक्रियाका लागि रुपन्देही जान...