जब एसईई परीक्षामा छात्रा हल भित्रै महिनावारी भईन…



हाम्रो इकोनोमि

 

अहिले देशै भरि एसईई परीक्षा चलिरहेको छ ।

पञ्चदेव विनायक नगरपालिका १ कुइकाकी कल्पना रिमाल चैत १० बाट सुरु एसईई परीक्षा दिन ८ गते नै घरबाट निस्किइन् ।

सदरमुकामस्थित विद्या मन्दिर मावि विनायकको उनको परीक्षा केन्द्र परेको छ ।

बिरानो ठाउँ गएर परीक्षा दिँदा कुनै अप्ठ्यारी पर्ने हो कि भन्ने डरले उनलाई सताएको थियो ।

अर्कोतिर बाहिर डेरा गरेर बस्नुपर्ने भएकाले खर्चको समस्या उस्तै थियो ।

कुइकाकै देवसरा अधिकारीलाई बिरानो ठाउँमा अर्काको घरमा बस्नुपर्दा महिनावारी भए कसरी व्यवस्थापन गर्ने भन्ने समस्याले सुरुदेखि नै सताएको थियो ।

आखिर जे डर थियो त्यही भयो ।

‘परीक्षा सुरु भएको १५ मिनेटमै म महिनावारी भएँ ।

प्याड खल्तीमा बोकेरै लगेकी थिएँ ।

तर चिट लुकाउने होला भन्ने आशंका गर्दै शिक्षकले सुरुमै प्याड थुतेर लिए ।’

आफूले त्यो दिन लेख्नै नसकेको देवसराले बताइन् ।

घर छोडेर परिक्षा दिन बाहिर जाँदा सबै भन्दा ठुलो समस्या छात्राहरुलाई महिनावारी हुँदा के गर्ने भन्ने चिन्ताले सताउन थालेको छ ।

प्रतिक्रिया दिनुहोस
अख्तियार प्रमुख र गृहमन्त्रीबीच भेट, ठूला माछा समात्ने तयारी

    गृहमन्त्री सुधन गुरुङले अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख आयुक्त प्रेमकुमार राईलाई...

१०५ अंक घट्यो सेयर बजार

    आइतबार नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा उच्च अंकको गिरावट आएको छ...

यस्ता छन मन्त्रिपरिषद् बैठकका निर्णय

    सरकारले आइतबार दिउँसो बसेको मन्त्रिपरिषद् बैठकका प्रमुख निर्णयहरू सार्वजनिक गरेको छ...

शनिवार र आइतवार सार्वजनिक विदा

    सरकारले शनिवार र आइतवार सार्वजनिक विदा दिने निर्णय गरेको छ ।...