जब एसईई परीक्षामा छात्रा हल भित्रै महिनावारी भईन…



हाम्रो इकोनोमि

 

अहिले देशै भरि एसईई परीक्षा चलिरहेको छ ।

पञ्चदेव विनायक नगरपालिका १ कुइकाकी कल्पना रिमाल चैत १० बाट सुरु एसईई परीक्षा दिन ८ गते नै घरबाट निस्किइन् ।

सदरमुकामस्थित विद्या मन्दिर मावि विनायकको उनको परीक्षा केन्द्र परेको छ ।

बिरानो ठाउँ गएर परीक्षा दिँदा कुनै अप्ठ्यारी पर्ने हो कि भन्ने डरले उनलाई सताएको थियो ।

अर्कोतिर बाहिर डेरा गरेर बस्नुपर्ने भएकाले खर्चको समस्या उस्तै थियो ।

कुइकाकै देवसरा अधिकारीलाई बिरानो ठाउँमा अर्काको घरमा बस्नुपर्दा महिनावारी भए कसरी व्यवस्थापन गर्ने भन्ने समस्याले सुरुदेखि नै सताएको थियो ।

आखिर जे डर थियो त्यही भयो ।

‘परीक्षा सुरु भएको १५ मिनेटमै म महिनावारी भएँ ।

प्याड खल्तीमा बोकेरै लगेकी थिएँ ।

तर चिट लुकाउने होला भन्ने आशंका गर्दै शिक्षकले सुरुमै प्याड थुतेर लिए ।’

आफूले त्यो दिन लेख्नै नसकेको देवसराले बताइन् ।

घर छोडेर परिक्षा दिन बाहिर जाँदा सबै भन्दा ठुलो समस्या छात्राहरुलाई महिनावारी हुँदा के गर्ने भन्ने चिन्ताले सताउन थालेको छ ।

प्रतिक्रिया दिनुहोस
एमाले अध्यक्ष ओली र काँग्रेस सभापति देउवाबीच भेटवार्ता

    नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओली र नेपाली काँग्रेसका सभापति...

प्रधानमन्त्री निवास बालुवाटारमा सर्वपक्षीय बैठक

    बालुवाटारमा सर्वपक्षीय बैठक जारी छ । प्रधानमन्त्री निवास बालुवाटारमा केहीबेर अघिबाट...

मधेशमा विवादित नियुक्ति: आदेश उल्लङ्घन र पद दुरुपयोग आरोप

मधेश प्रदेशमा सरकार सञ्चालनका क्रममा देखिएको एक बहुचर्चित निर्णय अहिले राजनीतिक, कानुनी तथा...

चुनावको तयारीबारे ब्रिफिङ गर्दै निर्वाचन आयोग

    चुनावको तयारीबारे निर्वाचन आयोगले सरकार र राजनीतिक दलहरूलाई एकसाथ ब्रिफिङ गर्दैछ...