टीकापुर पुगेर भट्टराईले दिए यस्तो डरलाग्दो बयान !



हाम्रो इकोनोमि

 

टीकापुर हत्याकाण्डमा संलग्न भएको भन्दैं सांसद रेशम चौधरी लगायतालाई अदालतले जन्मकैदको फैसला सुनाएपछि राजनीतिक घटनाक्रम अर्कै मोडमा पुगेको छ । मधेश केन्द्रित दलहरुले राजनीतिक आन्दोलनलाई अपराधिक बनाएको भन्दैं अदालतको आलोचना गर्दै आएको छन् ।

 

यो बिचमा नयाँ शक्ति पार्टीका संयोजक तथा पूर्व प्रधानमन्त्री बाबुराम भट्टराइले टीकापुर घटनालाई सरकारले जातिगत रूपमा हेरेको आरोप लगाउनु भएको छ । नयाँ शक्ति पार्टीले आयोजना गरेको अन्तर संवाद कार्यक्रममा बोल्दै थारु समुदायले अधिकारको आन्दोलन गर्दा भएको घटनालाई सरकारले अदालती प्रक्रियाबाट फैसला गरेर गल्ती गरेको उहाँको ठहर छ ।

 

पूर्व प्रधामन्त्री समेत रहनु भएका भट्टराइले पञ्चायतदेखि प्रजातन्त्र र द्वन्द्वकालीन विभिन्न समयमा हतियार उठाएको घटना भएको भन्दै सरकारले शान्ति प्रक्रियाको नाममा सबै मुद्दा फिर्ता लिन मिल्ने तर टीकापुर घटना जातिगत रुपमा हेरेर फैसला गर्न नमिल्ने भन्दै आक्रोश व्यक्त गर्नुभएको हो । उहाँले भन्नुभयो, ‘सोझालाई सितिमिती रिस उठदैन उठेपछि आँखा देख्दैनन्, थारु पनि सोझो भएर आक्रोशमा आउँदा टीकापुर घटना भएको हो।’

 

सरकारले देश विखण्डन गर्छु भन्ने सिके राउतलाई राजनीतिक रुपमा समाधान गरेको प्रशंग निकाल्दै उहाँले थारुका मुद्दा फिर्ता लिन किन नमिल्ने भन्दै प्रश्न पनि गर्नुभएको छ । टीकापुरमा सुरक्षाकर्मी मारिनु दुःखद घटना रहेको तर राजनीतिक विद्रोह भएको घटनामा सोही अनुरुप व्यवहार हुनुपर्ने उहाँले जानकारी दिनुभयो ।

प्रतिक्रिया दिनुहोस
संसद्को रोस्ट्रमबाट रविले मागे दलित समुदायसँग माफी

    राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा)का सभापति रवि लामिछानेले प्रतिनिधिसभाको रोस्ट्रमबाट दलित समुदायसँग माफी...

व्यावसायी दीपक भट्ट काठमाडौंबाट पक्राउ

    सम्पत्ति शुद्धीकरणको अनुसन्धानमा रहेका व्यावसायी दीपक भट्ट पक्राउ परेका छन् ।...

नबिल बैंकको अविमोच्य असञ्चिति अग्राधिकार शेयरको धितोपत्रको दोस्रो बजारमा कारोबार सुरु

    नबिल बैंकको ‘नबिल ८ प्रतिशत अविमोच्य असञ्चिति अग्राधिकार शेयर’को धितोपत्रको दोस्रो...

सबै दलका शीर्ष नेताले संसदमा सम्बोधन गर्ने

    फागुन २१ को निर्वाचनपछि बस्न लागेको प्रतिनिधि सभाको पहिलो बैठकलाई आज...