पाकिस्तानसँग सम्बन्ध विस्तार गर्दा नेपाललाई हुन्छ यस्तो फाइदा !



हाम्रो इकोनोमि

 

केही दिन पहिले पाकिस्तानका प्रधानमन्त्री इमरान खानले केही दिन पछि खुःशीको सन्देश दिने जनाउँनु भएको थियो ।

पाकिस्तानले निकै बहुमूल्य खजाना हात पारेको संकेत गरेको छ ।

पाकिस्तानका प्रधानमन्त्री खानले सोमबार यस्तो घोषणा गर्नुभएको छ । कराँचीको समुन्द्री तटमा चाँडै नै एशियाको सबैभन्दा ठूलो तेल र ग्यासको भण्डार पाउन सकिनेछ ।

पत्रकारसँगको कुराकानीमा प्रधानमन्त्री खानले तेल र ग्यासको खोजी अभियानबाट सकारात्मक संकेत पाइएको जानकारी दिनु भएको छ । इमरानले अबको तीन हप्तामा पाकिस्तानका लागि सबैभन्दा ठूलो खुःशीको खबर दिने बताउँनु भएको थियो ।

पाकिस्तान बाट आएको यो खबरले नेपाललाई पनि फाइदा हुन सक्ने जानकारहरु बताउँछन ।

पाकिस्तानमा यति ठूलो परिमाणमा पेट्रोलियम खानी भेटिएमा नेपालमा कम मूल्यमा तेल आउन सक्छ । यद्यपि यसको लागि नेपालले केही पहल भने गर्नुपर्नेछ ।

पाकिस्तानको भारतसँग सम्बन्ध राम्रो छैन । उता चीनसँग भने पाकिस्तानको सम्बन्ध सुमधुर छ ।

यही आधारमा अहिलेको लागि पाकिस्तानबाट निस्कने तेलको मुख्य बजार चीन हुनेछ । चीनमा पाकिस्तानबाट आपूर्ति हुने तेलको मूल्य तुलनात्मक रुपमा कम हुने अनुमान गर्न सकिन्छ ।

यस्तो भएमा चीनमा ठूलो परिमाणमा पेट्रोलियम पदार्थ भित्रिनेछ जसको मूल्य तुलनात्मक रुपमा कम हुनेछ ।

चीनले यसअघि नै (नाकाबन्दीका बेला)नेपाललाई पेट्रोलियम पदार्थ उपलब्ध गराउने जनाइसकेको छ र यसका लागि नेपाल–चीनबीच सम्झौता पनि भइसकेको छ ।

यो सम्झौतालाई छिटो कार्यान्वयन गर्न नेपालले पहल गर्ने हो भने नेपालमा निकै सस्तो मूल्यमा पेट्रोलियम भित्रिनेछ । पाकिस्तानी प्रधानमन्त्री इमरानले पाकिस्तानी जनतासँग सफलताका लागि प्रार्थना गर्न आग्रह गरे ।

उनका अनुसार यो सफलताले पाकिस्तानको भाग्य परिवर्तन हुनेछ ।

खानले भन्नु भएको छ, ‘कराँचीमा तेल र ग्यासको भण्डार पाएपछि पाकिस्तानले यसको आयात गरिराख्नु पर्दैन । अल्लाहले चाहे हामीले तेल र ग्यासको विशाल भण्डार पाउनेछौं ।

’ १४ जनवरी देखि बहुराष्ट्रिय कम्पनीको एक समूहले कराँचीभन्दा २३० किलोमिटर टाढा समुन्द्री तटबाट अनुसन्धान सुरु गरेको छ ।

प्रतिक्रिया दिनुहोस
इरानलाई पूर्णरुपमा समाप्त पर्ने ट्रम्पको धम्की

    अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानसँग तत्कालै सम्झौता नभए पूरै देश नै...

अख्तियार प्रमुख र गृहमन्त्रीबीच भेट, ठूला माछा समात्ने तयारी

    गृहमन्त्री सुधन गुरुङले अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख आयुक्त प्रेमकुमार राईलाई...

१०५ अंक घट्यो सेयर बजार

    आइतबार नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा उच्च अंकको गिरावट आएको छ...

यस्ता छन मन्त्रिपरिषद् बैठकका निर्णय

    सरकारले आइतबार दिउँसो बसेको मन्त्रिपरिषद् बैठकका प्रमुख निर्णयहरू सार्वजनिक गरेको छ...