आमा हामीलाइ विचल्लीमा छोडेरगएपनी, तिमि त खुसी होैली है ??



हाम्रो इकोनोमि

 

राम्रो सँग पढनु है’ फोनमा भनेका यो आवाज बाहेक बुवाका बारेमा केही याद छैन रामेछापको रामपुरकी सन्जु तामाङलाई । सानैमा विदेश गएका बुवाको अनुहार पनि सम्झनामा छैन ।

आकाशमा उडिरहेको हवाइजहाज आँखाले भ्याउन्जेल हेर्नुहुन्छ । साउदी गएका बुवा त्यही जहाजमा फर्केको कल्पना गर्नुहुन्छ । सन्जुले हवाइजहाज हेर्दै बुवा कुरेको ९ वर्ष भैसक्यो ।आमा हामीलाइ विचल्लीमा छोडेरगएपनी, तिमि त खुसी होैली है ??

मनमा बुवा नर्फकने थाहा भएपनि गाडी र हवाइजहाजको आवाज सुन्न साथ उहाँका कान ठाडा हुन्छन् । आँखाले तिनै आवाजलाई पछ्याउँछन् ।सन्जु ३ कक्षामा पढ्दा बुवा विदेश गएका थिए । त्यसपछि घर फर्केर आएनन ।

सन्जुका बुवा विदेशमा नै बितेको ६ वर्ष भइसक्यो । उहाँका दिदी र भाइ पनि छन् । उनीहरु पनि सन्जु जस्तै बुवालाई सम्झन्छन् ।

उनीहरुलाई बुवा बिते जस्तो नै लाग्दैन ।साउदीबाट फर्किनु भन्दा चार दिन अघि सन्जुलाई बुवाले फोनमा धेरै चिज ल्याइदिन्छु भनेका थिए ।

बुवाले म पर्सि आउँछु, घडी, लुगा ल्याइदिन्छु भन्नुभाथ्यो’ बुवासँग अन्तिम पटक बोलेको कुरा उहाँले सुनाउनु भयो ।बुवाका बारेमा कुरा गर्न थालेपछि सन्जु भक्कानिनु भयो ।

बुवासँग बोलेको सबै कुरा सुनाउन सक्नु भएन । नेपाल फर्कने तयारीमा रहेका सन्जुका बुवाको घर फर्कनु भन्दा चार दिन अघि मृत्यु भयो । उहाँलाई बुवाको के कारणले मृत्यु भयो थाहा छैन् ।बुवाको शव नेपाल आए पनि सन्जुले देख्न पाउनु भएन । काठमाडौंमा दाहसंस्कार गरियो”

बुवाको लास समेत देख्न नपाएकोमा सन्जुको गुनासो छ ।

चाडवाडका बेला सन्जुका आँखामा आँशु ओभाउँदैनन् । सन्जु भन्नुहुन्छ ‘कतैबाट बुवा आउँछन् कि जस्तो लाग्छ ।’सानै देखि आमासँग मात्र बसेका सन्जुका दिदीभाइका लागि आमा भन्दा अर्को संसार थिएन् ।

आमाले सबै चिज पु¥याएकी थिइन् । तर बुवा बितेको डेढ वर्षपछि आमाले पनि अर्कै सँग विहे गरिन् । त्यसपछि उनीहरु सहाराविहिन बने ।विहे गर्ने बेलामा आमाले उनीहरुलाई मावलीमा लगेर छाडेकी थिइन् ।

बुवा बितेपछि आएको क्षतिपूर्तिको पैसाले आमाले बेलाबेलामा आएर स्कूल फि र लुगाफाटा किनिदिन्थिन् ।उनीहरु तीनै जना मावलीमै बस्थे । बुढा भएका बाजे बजैका लागि उनीहरु साथी भएका थिए । तर मावलीमा सन्जुलाई आमासँग बसेजस्तो सहज भएन् ।

मावलीमा बजैले गर्ने सानो सानो गालीमा पनि सन्जुको चित्त दुख्थ्यो ।

बुवा बितेपछि उनीहरुका सबथोक बाजेबजै नै थिए । तर बाजे बजैले नै राम्रो व्यवहार नगरेपछि सन्जुलाई साह्रै दुःख लाग्थ्यो । ‘बजैले नराम्रो शब्दले गाली गर्ने, माइजूले पनि बाउ टोकुवा तिम्रै घर जाउ भनेर गाली गर्थे’ सन्जुले रुँदै सुनाउनु भयो ।

आफ्ना भन्नेले नै गरेका यस्ता व्यवहारले सन्जुलाई कोही नभए जस्तो लाग्थ्यो । सन्जुकी दिदी मन्जु भन्नुहुन्छ, ‘सबैले गाली गर्दा त कहाँ गएर मरुँ जस्तो लाग्ने ।’आमाले केही समय त तीनै जनालाई सँगै काठमाडौं ल्याएकी थिइन् । तर पछि मावलीमै लगेर छाडीदिइन ।

मावली मै बसेर सन्जु र मन्जुले एसइइ परीक्षा दिनुभयो ।

परीक्षा सकिए पछि उनीहरु काका काकीकोमा बसेका छन् । त्यही भेटिएका सन्जु र उहाँका दिदीभाइलाई अब कहाँ बस्ने पत्तो छैन् । के गर्ने पनि पत्तो छैन् । अर्कैको भैसकेकी आमालाई पनि उनीहरुको बारेमा सोच्ने फुर्सद छैन ।

सन्जुलाई बाउआमा नभएरै सबैले हेपेको जस्तो लाग्छ । गाली बुझ्ने भएकी सन्जुलाई मावली फर्कने मन छैन । मन्जुलाई पनि मावली सम्झन मन लाग्दैन ।सन्जु १६ वर्षको हुनुभयो ।

उहाँकी दिदी मन्जु १७ वर्ष । सन्जु र मन्जुका उद्देश्य एउटै छ भाइलाई इन्जिनियर पढाउने ।सन्जुको भने भविष्यमा आर्मी बन्ने लक्ष्य छ । तर यी सपना कसरी पूरा हुन्छ भन्ने उनीहरुलाई थाहा छैन । बस्ने घरको ठेगान नभएका सन्जु र दिदी भाइलाई सुरुमा त यी सपना पूरा गर्ने घरको खाँचो छ ।

प्रतिक्रिया दिनुहोस
संसद्को रोस्ट्रमबाट रविले मागे दलित समुदायसँग माफी

    राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा)का सभापति रवि लामिछानेले प्रतिनिधिसभाको रोस्ट्रमबाट दलित समुदायसँग माफी...

व्यावसायी दीपक भट्ट काठमाडौंबाट पक्राउ

    सम्पत्ति शुद्धीकरणको अनुसन्धानमा रहेका व्यावसायी दीपक भट्ट पक्राउ परेका छन् ।...

नबिल बैंकको अविमोच्य असञ्चिति अग्राधिकार शेयरको धितोपत्रको दोस्रो बजारमा कारोबार सुरु

    नबिल बैंकको ‘नबिल ८ प्रतिशत अविमोच्य असञ्चिति अग्राधिकार शेयर’को धितोपत्रको दोस्रो...

सबै दलका शीर्ष नेताले संसदमा सम्बोधन गर्ने

    फागुन २१ को निर्वाचनपछि बस्न लागेको प्रतिनिधि सभाको पहिलो बैठकलाई आज...