एसईई दिएर फर्केका विद्यार्थी १७ वर्षीय कमल त्रिशूलीमा बेपत्ता



हाम्रो इकोनोमि

 

माध्यमिक शिक्षा परीक्षा (एसईई) दिएर नदीमा पौडी खेल्न गएका विद्यार्थी १७ वर्षीय कमलबहादुर चेपाङ त्रिशूली नदीमा डुबेर बेपत्ता भएका छन्।

गोरखाको गण्डकी गाउँपालिका ६ को भद्रकाली माध्यमिक विद्यालयबाट एसईई परीक्षामा सहभागी भएका वनटार निवासी चेपाङ सोमबार दिउँसो त्रिशूली नदीमा डुबेर बेपत्ता भएका हुन्।

विद्यालय नजिकै डेरा गरेर बसेका चेपाङ परीक्षा केन्द्रबाट सोमबारको अनिवार्य नेपाली विषयमा परीक्षा सकेपछि किनमेलका लागि भन्दै साथीसँग धादिङको चरौंदी बजार हिँडेका  स्थानीय दीपक तिमिल्सिनाले जानकारी दिए। दिउँसो पौडी खेल्न नदीमा पसेका उनी दिउँसो साढे १ बजेतिर बेनिघाट रोराङ ७ स्थित त्रिशुली नदी किनारबाट बेपत्ता भएका स्थानीय शिक्षिका भक्ति चेपाङले जानकारी दिइन्।

प्रतिक्रिया दिनुहोस
कुमारी बैंकको २६औँ साधारणसभा सम्पन्न, सेयरधनीलाई ५५ करोड नगद लाभांश

    कुमारी बैंक लिमिटेडको २६औँ वार्षिक साधारणसभा सम्पन्न भएको छ । सभाले...

लक्ष्मी सनराइज बैंकको सीईओमा सुमेद भट्टराई नियुक्त

    लक्ष्मी सनराइज बैंक लिमिटेडको प्रमुख कार्यकारी अधिकृत (सीईओ) मा सुमेद भट्टराई...

ग्लोबल आइएमई बैंकको नायव प्रमुख कार्यकारी अधिकृतमा दीपचन्द्र रेग्मी

    ग्लोबल आइएमई बैंकको नायव प्रमुख कार्यकारी अधिकृत (डीसीईओ) मा दीपचन्द्र रेग्मी...

खगेन्द्र सुनारलाई सार्वजनिक कार्यक्रममा बोल्न निषेध

    राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा)ले प्रतिनिधि सभा सदस्य खगेन्द्र सुनारको अडियो प्रकरणको छानबिन...