वाइडबडीको पाङग्रा ‘लक’ हुँदा उडान अवरुद्ध



हाम्रो इकोनोमि

 

नेपाल एयरलाइन्सको वाइडबडी विमान–३३० को पाङग्रा ‘लक’ हुँदा त्रिभुवन विमानस्थलको उडान तथा अवतरण ३० मिनेट रोकिएको छ।

‘पार्किङ्ग वे’बाट ‘ह्याग्गर’मा लैजाने क्रममा नेपाल एयरलाइन्सले पछिल्लो समय खरिद गरेको विमानको पाङग्रा नचलेपछि कतार एयरवेज, थाई एयवेज लगायतका अन्तर्राष्ट्रिय उडान तथा अवतरण प्रभावित भएका हुन्।

नेपाल एयरलाइन्सको उक्त विमानमा देखिएको समस्याका कारण त्रिभुवन विमानस्थल अवतरण गर्ने जहाजलाई आकाशमै होल्ड गरिएको थियो।

त्रिभुवन विमानस्थलका महाप्रवन्धक राजकुमार क्षेत्रिले नेपाल एयरलाइन्सको–३३० विमानको पाङ्ग्रा ‘लक’ भएकाले विमान उडान अवतरणमा समस्या देखिएको जानकारी दिए।

क्षेत्रिका अनुसार उक्त विमानको पाङ्ग्रा लक भएको र खोल्ने प्रयास भैरहेको छ।  बाइडवडीको पाङग्रामा देखिएको समस्यका कारण ‘ट्याक्सी वे’मा रहेका  उडान सेड्युलका विमानसमेत बाहिर निकाल्न सकिएको छैन।

प्रतिक्रिया दिनुहोस
कार्की आयोगले बुझायो जेनजी आन्दोलनको प्रतिवेदन

    गत भदौमा भएको नेपालमा भएको जेनजी आन्दोलनमा भएका घटना र सरकारी...

ताप्लेजुङमा एमालेका क्षितिज थेबे विजयी

    प्रतिनिधिसभा सदस्यका लागि ताप्लेजुङबाट नेकपा (एमाले)का उमेदवार क्षितिज थेबे विजयी भएका...

धनकुटाबाट एमालेका राजेन्द्र राई विजयी

    धनकुटामा राजेन्द्र राई तेस्रो पटक विजयी हुँदै  ह्याट्रिक गरेका छन् ।...

दार्चुलामा एमालेका गणेशसिंह ठगुन्ना विजयी

   प्रतिनिधिसभा सदस्यतर्फ एकमात्र निर्वाचन क्षेत्र रहेको दार्चुलामा नेकपा (एमाले) का उम्मेदवार गणेशसिंह...