नेपाल प्रहरीकै पेजमा राति यस्ता अश्लिल तस्विर पोष्ट भएपछि



हाम्रो इकोनोमि

 

अहिले नेपालमा सामाजिक सञ्जाल एकदमै असहज बन्दै गएको छ ।

एक नेतासँग अर्को नेताको फोटो सम्पादन गरेर होस वा अन्य कुनै कारणले होस नेपालमा सामाजिक सञ्जालको गलत प्रयोग भइरहेको छ ।

यस्तै, जिल्ला प्रहरी कार्यालय गोरखाको फेसबुक पेजमा हिजो बेलुका साढे ८ बजे प्रोफाइल र कभर तस्विर अचानक परिवर्तन भएको देखियो ।

२०१६ पछि सोमबार पहिलो पटक एक्टिभ देखिएको यो फेसबुक पेजमा एकाएक अश्लिल तस्विर पोस्ट भएपछि गोरखा प्रहरी पनि हैरान भएको छ । प्रहरीसँग यो फेसबुक पेजको पासवर्ड नरहेको जिल्ला प्रहरी कार्यालय गोरखाका असई महेन्द्र चौधरीले जानकारी दिनुभयो ।

उहाँले सोमबार साँझ यो घटना भएको भन्दै मंगलबार यो विषयमा छानविन हुने बताउनुभयो । यो फेसबुक पेज धेरै पहिला बनेको हुँदा त्यसपछि सरुवा भएर धेरै प्रहरी अधिकारी गइसकेकाले यसको पासवर्ड जिप्रकासँग नरहेको उहाँको दावी रहेको छ ।

जिल्ला प्रहरी कार्यालयको नाममा रहेको फेसबुक पेज अरुले चलाएको हुनसक्ने जिल्ला प्रहरी प्रमुख एसपी भोला रावलले जानकारी दिनुभयो ।

उहाँले भन्नुभयो, ‘पेजमा यस्तो देखिएपछि तनाब हुन थालेको छ । रातभरि सुत्न पनि पाएको छैन’ उहाँले अगाडी थप्दै भन्नुभयो, ‘विभिन्न ठाउँबाट फोन आइरहेका छन् । हामी निरन्तर त्यसलाई हटाउन र कसले यस्तो गर्यो भनेर पत्ता लगाउन लागिपरेका छौं ।’ सिआईबीको समेत प्रयोग गरिएको छ र अहिले यो पेज फेसबुकमा देखिएको छैन ।

प्रतिक्रिया दिनुहोस
जेल मुक्त भए रवि लामिछाने

  राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने रिहा भएका छन् । उच्च अदालत...

केन्द्रीय सदस्य मनोनीत नगरियोस् : सुरेन्द्र पाण्डे

    एमालेको ११औँ महाधिवेशनमा महासचिवका प्रत्यासी रहेका सुरेन्द्र पाण्डेले केन्द्रीय सदस्यमा पनि...

२४ बुँदे प्रस्ताव पारित गर्दै एमालेको ११ औं महाधिवेशनम सम्पन्न

  नेकपा (एमाले)को हिजो सकिएको ११ औं राष्ट्रिय महाधिवेशनले विभिन्न विषयमा २४ बुँदे...

रवि लामिछाने आज रिहा हुँदै

    रास्वपा सभापति एवं पूर्वगृहमन्त्री रवि लामिछाने रिहाइ प्रक्रियाका लागि रुपन्देही जान...