१४६ जना बोकेको बिमान अचनाक अर्कै ठाँउमा अवतरण भएपछि…



हाम्रो इकोनोमि
 

एउटा ठाउँमा जानु पर्ने विमान अर्कै ठाउँमा गएपछि तनाब भएको छ । बीबीसीका अनुसार ब्रिटिश एयरवेजको एउटा विमानले एकातीर जाने यात्रुलाइ अर्कैतीर लगेर गएको छ ।

एकातिर जानका लागि टिकट लिएर विमान चढेका यात्रु एयर ट्राफिक कन्ट्रोलरको लापरवाहीका कारण अर्कै ठाउँमा पुगेका छन् ।

लन्डनको हिथ्रो विमानस्थलबाट सोमबार जर्मनीको डसेलडर्फका लागि उडेको ब्रिटिश एयरवेजको विमान बीए ३२७१ स्कटल्याण्डको राजधानी एडिनबर्गमा अवतरण गरेपछि यात्रु चकित भएका हुन् ।

उडानका क्रममा यात्रुले आफू कता जाँदैछौ भन्ने पत्तो पनि पाएनन् । सायद, जर्मनीका लागि उडेको विमान स्कटल्याण्ड पुग्छ भन्ने उनीहरुले कल्पनासमेत गरेका थिएनन् ।

विमान अवतरण भएपछि जब भनियो ‘एडिनबर्गमा तपाईहरुलाई स्वागत छ’, अनि यात्रुमा हल्लीखल्ली मच्चियो ।

विमानमा १४६ यात्री थिए । अवतरणपछि यात्रीले हो–हल्ला गरेपछि विमानमा इन्धन भरेर फेरि डसेलडर्फतर्फ प्रस्थान गरेको थियो । निर्धारित समयभन्दा करिब साढे तीन घण्टा ढिलो उक्त विमान डसेलडर्फ पुगेको थियो ।

Comment

प्रतिक्रिया दिनुहोस
संसद्को रोस्ट्रमबाट रविले मागे दलित समुदायसँग माफी

    राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा)का सभापति रवि लामिछानेले प्रतिनिधिसभाको रोस्ट्रमबाट दलित समुदायसँग माफी...

व्यावसायी दीपक भट्ट काठमाडौंबाट पक्राउ

    सम्पत्ति शुद्धीकरणको अनुसन्धानमा रहेका व्यावसायी दीपक भट्ट पक्राउ परेका छन् ।...

नबिल बैंकको अविमोच्य असञ्चिति अग्राधिकार शेयरको धितोपत्रको दोस्रो बजारमा कारोबार सुरु

    नबिल बैंकको ‘नबिल ८ प्रतिशत अविमोच्य असञ्चिति अग्राधिकार शेयर’को धितोपत्रको दोस्रो...

सबै दलका शीर्ष नेताले संसदमा सम्बोधन गर्ने

    फागुन २१ को निर्वाचनपछि बस्न लागेको प्रतिनिधि सभाको पहिलो बैठकलाई आज...