यस्ता पो जनप्रतिनिधि : सांसद बिमलाको पहलमा बिदेशी भूमीबाट छोराले पुर्न:जन्म पाएपछि हर्ष



हाम्रो इकोनोमि

 

कोही रहरले बिदेशिदै छन् त कोहि एक्छाक टार्ने कहरले खाँडि मुलुक भासिरहेका छन् ।

त्यहाँ उनीहरु दिनरात रगत पसिना बगाउँदै छन् । विदेशमा सुन फल्दैन । रगत पिलिएर, शरिर पिल्सीएर २४ घण्टा पोलिरहनेगरी काम गर्नुपर्छ ।

त्यो पिडाले कति नेपाली छोरा–छोरी बाकसमा मृत फर्किएका छन् त कति बेपत्ता भएका छन् । यस्तै एउटा पिडा खेप्नुपर्यो बर्दियाको एक परिवारले ।

पढ्ने लेख्ने कलिलो उमेरमै रहरले हैन् घरको कमजोर अवस्थाले बर्दियाका बिक्रम लोधलाई मलेशिया जान बाध्य बनायो ।

तर सोच्चे जस्तो सजिलो थिएन् बिक्रमलाई त्यँहा, काम गर्ने साहुले चरम यातना दिए पछि आफु सगँ भएको सबै कागजातहरु त्यहि छोडेर बिक्रम बिगत ५ बर्षदेखि घरपरिवार बाट सम्पर्क विहिन भई गैरकानुनी रूपमा मलेसिया मै भासिए ।

साहुको ऋण बोकेर कमाउन गएको छोरो ६ वर्ष सम्मपनि घर नफर्किएपछि बिक्रमका बाबु छोरोको फोटो र बिदेश जादाका कागज प्लाष्टिकमा पोको पारेर छोरोको खोजीमा काठमाण्डौ आए । बर्दिया जिल्लाको प्रतिनिधित्व गदै आइरहेकी सासंद बिमला वि.क. को करिब १ महिना लामो निरन्तर प्रयासबाट हिजो मात्र बिक्रमलाई नेपाल ल्याउन सफल भएका छन् ।

यसै विषयमा सासंद बि. क. भन्छिन् बिक्रमका बाबु जब मलाई भेट्न आए उनले एउटा प्लाष्टिकको पोकामा छोरा बिदेश जादा बनाएको कागजात देखाउदै गहभरी आसु ल्याउदै छोरालाई नेपाल ल्याईदिन आग्रह गरे । उनलाई मैले उद्धार गर्ने प्रतिवद्धता दिएकी थिए । सकेसम्म प्रयास गर्दा १ महिना पछि म बिक्रमलाई नेपाल ल्याउन सफल रहे ।

उनि भन्छिन् मेरो पहलमा नेपाल सरकार द्धारा टिकट काट्न लगाए साथै गैरकानुनी रूपमा मलेसिया बसेको कारणले त्यहाको नियम अनुसार जरिवान पनि तिर्नु पर्यो । जब बालकराम लोधले छोरालाई भेटे नयाँ छोरा पाए जसरी खुसि व्यक्त गरे । छोरासहित हसिलो मुहारका साथ घर फर्कदै छन् ।

उनले भने साँच्चै मैले मेरो जनप्रतिनिधि पाए । यो खुसीको सम्भव बर्दियालि बासिन्दाको दुःख र पीडालाई काधँमा राख्दै आफ्नो पिडा सम्झेर हेरेकको आसु पुछ्ने माननीय सासंद बिमला बि.क. को करिब १ महिना लामो निरन्तर प्रयासबाट मात्र सम्भब भएको हो । उनले भने माननीय ज्यू साँच्चै जनताको प्रतिनिधि हो । म आत्मादेखी नमन गर्छु ।

 

प्रतिक्रिया दिनुहोस
संसद्को रोस्ट्रमबाट रविले मागे दलित समुदायसँग माफी

    राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा)का सभापति रवि लामिछानेले प्रतिनिधिसभाको रोस्ट्रमबाट दलित समुदायसँग माफी...

व्यावसायी दीपक भट्ट काठमाडौंबाट पक्राउ

    सम्पत्ति शुद्धीकरणको अनुसन्धानमा रहेका व्यावसायी दीपक भट्ट पक्राउ परेका छन् ।...

नबिल बैंकको अविमोच्य असञ्चिति अग्राधिकार शेयरको धितोपत्रको दोस्रो बजारमा कारोबार सुरु

    नबिल बैंकको ‘नबिल ८ प्रतिशत अविमोच्य असञ्चिति अग्राधिकार शेयर’को धितोपत्रको दोस्रो...

सबै दलका शीर्ष नेताले संसदमा सम्बोधन गर्ने

    फागुन २१ को निर्वाचनपछि बस्न लागेको प्रतिनिधि सभाको पहिलो बैठकलाई आज...