राष्ट्र बैकले तोक्यो बैकहरुका लागि २०७६ सालको बिदा, अरुको बिदामापनि खुल्नेछन् बैक [सूचीसहित]



हाम्रो इकोनोमि
 

२०७६ सालमा बैक तथा वित्तीय संस्थाहरु शनिबार बाहेक २७ दिन मात्र बिदामा रहने भएका छन् ।

नेपाल राष्ट्र बैंकले सार्वजनिक बिदाको सूचना जारी गर्दै ०७६ सालभरी चाडपर्व विदा २७ दिन हुने जनाएको छ । राष्ट्र बैंकले तोकेका केही विदाहरु क्षेत्रगत आधारमा तोकिएका कारण सबै स्थानमा लागू नहुने प्रष्ट पारेको छ ।

नेपाल राष्ट्र बैंकले सार्वजनिक बिदाको सुचना जारी गर्दै चाडपर्व विदा २७ दिन हुने जनाएको छ । शनिवार तथा अन्य आकस्मिक विदा बाहेक चाडपर्वमा २७ दिन विदा हुने भएको छ ।

राष्ट्र बैंकका अनुसार शनिबार सहित ०७६ सालमा बैंक तथा वित्तीय संस्थाहरु ८० दिन बन्द रहने भएका हुन्। बैंक तथा वित्तीय संस्थाका कर्मचारीले बडा दशैंमा ५ दिन र तिहारमा २ दिन विदा पाउने भएका छन् । अन्य चाडपर्वमा २१ दिन विदा पाउने छन् ।

साथै राष्ट्र बैंकले तोकेका केही विदाहरु क्षेत्रगत आधारमा तोकिएका कारण सबै स्थानमा लागू नहुने जनाइएको छ । त्यसै गरि समुदाय अनुसार उनीहरुको महत्वका दिनलाई आधार मानेर केही विदा समुदायमा आधारित बनाइएको राष्ट्र बैंकले जनाएको छ ।

राष्ट्र बैंकले तोके अनुसार बैंकहरुको कार्यालय समय बैशाख १ देखि कात्तिक १५ गतेसम्म तथा माघ १६ गतेदेखि चैत मसान्तसम्म बिहान १० देखि बेलुका ५ बजेसम्म हुनेछ । उक्त अवधिमा ४ बजेसम्म कारोबार समय तोकिएको छ ।

कात्तिक १६ देखि माघ १५ सम्म भने बिहान १० देखि अपरान्ह ४ बजेसम्मको कार्यालय समय तोकिएको छ भने ३ बजेसम्म कारोबार समय निर्धारण गरिएको छ । शुक्रबारको हकमा १० बजेदेखि मध्यान्ह १ः३० सम्म कार्यालय समय तथा १२ः३० सम्म कारोबार समय निर्धारण गरिएको छ ।

Comment

प्रतिक्रिया दिनुहोस
संसद्को रोस्ट्रमबाट रविले मागे दलित समुदायसँग माफी

    राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा)का सभापति रवि लामिछानेले प्रतिनिधिसभाको रोस्ट्रमबाट दलित समुदायसँग माफी...

व्यावसायी दीपक भट्ट काठमाडौंबाट पक्राउ

    सम्पत्ति शुद्धीकरणको अनुसन्धानमा रहेका व्यावसायी दीपक भट्ट पक्राउ परेका छन् ।...

नबिल बैंकको अविमोच्य असञ्चिति अग्राधिकार शेयरको धितोपत्रको दोस्रो बजारमा कारोबार सुरु

    नबिल बैंकको ‘नबिल ८ प्रतिशत अविमोच्य असञ्चिति अग्राधिकार शेयर’को धितोपत्रको दोस्रो...

सबै दलका शीर्ष नेताले संसदमा सम्बोधन गर्ने

    फागुन २१ को निर्वाचनपछि बस्न लागेको प्रतिनिधि सभाको पहिलो बैठकलाई आज...