२०७५ साल चैत्र १२ गते मंगलबारको राशिफल पढौ, मनकामनामाताको दर्शन गर्दे भेटी स्वरुप एक सेयर गरौं
मेष(चू,चे,चो,ला,लि,लू,ले,लो,अ) :-
व्यापारमा मन्दि आउँने तथा लगानि गर्नको लागि केहि समय कुर्नुनै राम्रो हुनेछ । आफन्त तथा चेलिमाईती बिचको सम्बन्धमा मनमुटाब सिर्जना हुनेछ । पढाई लेखाईमा प्रसस्त समय दिएमात्र नतिजा आफ्नो पक्षमा पार्न सकिनेछ । स्वास्थ्यमा समस्या आई उपचार खर्च बढ्ने योग रहेकोछ । माया प्रेममा अबिश्वास सिर्जना भई टाडिनु पर्ने बाध्यता आउँनेछ ।

बृष(ई,ऊ,ए,ओ,वा,वी,वू,वे,वो) :-
जीवनसाथिको सहयोगले राम्रा तथा उपलब्धिमुलक कामहरु गर्न सकिनेछ । बन्द व्यापार फस्टाएर जानेछ भने व्यापारकै शिलशिलामा लामो दुरिको यात्रा हुनेछ । अध्ययन अध्यापनमा मन जाने तथा खोजिमुलक क्षेत्रबाट भनेजस्तो नतिजा हात पार्न सकिनेछ । माया प्रेमको डोरो कसिलो भएर जानेछ । सवारि साधन तथा बिलाशी सामान हातलागि हुने योग रहेकोछ ।

मिथुन(का,की,कू,घ,ङ,छ,के,को,हा) :-
पुराना रोग पुनह बल्झिनाले स्वास्थ्यमा समस्या आउँन सक्छ । बिद्या तथा प्रतिष्पर्धामा आजको दिन समय मध्ययम रहेकोले प्रतिष्पर्धिहरुनै हावि हुनेछन् । अदालति निर्णयहरु तपाईको पक्षमा आउँने छैनन् । प्रणय सम्बन्धमा सामान्य शंकाले केहि समयको लागि टाडिनु पर्ने बाध्यता आउँनेछ । आफन्त,मामा तथा मावलि पक्षसँग राय बाजिनेछ ।

कर्कट(ही,हू,हे,हो,डा,डी,डु,डे,डो) :-
पढाई लेखाईमा मन जाने हुनाले नतिजा आफैतिर ल्याउँन सकिनेछ । शेयर बजार तथा व्यापार व्यावसाय अरुदिन भन्दा सुधार भएर जाने हुनाले दैनिकी सुदृड हुनेछ । चिठ्ठा पर्ने तथा उपाहार प्राप्तिको गतिलो योग रहेकोछ । माया प्रेममा नकिज हुने तथा मायाको डोरो कसिलो भएर जानेछ । सामाजिक काम गरि नाम तथा दाम दुवै कमाउँन सकिनेछ । आफन्त तथा छोराछोरिको प्रगतिमा मन प्रशन्न हुनेछ ।

सिहं (मा,मी,मू,मे,मो,टा,टी,टू,टे) :
राजनिति तथा सामाजिक काममा समय दिएपनि न्यून उपलब्धिमा चित्त बुझाउँनु पर्नेछ । व्यापार व्यावसायमा भनेजस्तो नाँफा नभएपनि कृषि तथा पशुपालन व्यावसायबाट भने मनग्गे धन आर्जन गर्न सकिनेछ । पढाई लेखाईमा मन नजाने हुनाले अरुभन्दा पछि परिनेछ । आमा तथा परिवारका सदस्यहरुसँग मनमुटाब सिर्जना हुनेछ । माया प्रेममा धोका हुनेछ ।

कन्या (टो,पा,पी,पू,ष,ण,ठ,पे,पो) :-
न्यालयसँग सम्बन्धित कामहरु धाति राख्नुहोला । खेलकुद तथा पराक्रमि क्रिर्याकलापमा भागलिने अवसर आएपनि भनेजस्तो नतिजा निकाल्न मुस्किल पर्नेछ । बन्धुबान्धबहरु सँग मनमुटाब सिर्जना हुनेछ भने सैद्धान्तिक राय बाजिनेछ । समय मध्ययम रहेकोले चोटपटक लाग्ने तथा स्वास्थ्यमा समस्या देखापर्नेछ । पढ्ने लेख्ने काममा मन नजानाले अरुभन्दा पछि परिनछ ।

तुला(रा,री,रु,रे,रो,ता,ती,तू,ते) :-
धन भावमा गोचर गर्ने शुभ चन्द्रमाले व्यापार व्यावासय फस्टाएर जाने हुनाले दैनिक आम्दानिमा बढोत्तरि हुनेछ । आफ्ना भनाईहरु जनमानसमा लैजान सकिने तथा बोलेरै धन आर्जन गर्न सकिनेछ । आफन्त तथा कुटुम्बका साथ रमाईलो यात्रा गर्दै मिष्टान्न भोजन ग्रहण गर्ने अवसर प्राप्त हुनेछ । प्रेममा रमाउने चाहनेहरुका लागि समय फलदायि रहनेछ ।

बृश्चिक (तो,ना,नी,नू,ने,नो,या,यी,यू) :-
समाजसेवा तथा राजनितिमा समय व्यातित गर्नेहरुका लागि समय मध्ययम रहेकोले समर्थन भन्दा आलोचना सहनु पर्नेछ । व्यापारमा मन्दि आउँने तथा खर्च धान्न अलि गाह्रो पर्नेछ । तरपनि सुचना प्रबिधिको प्रयोग मार्फत राम्रा तथा परिणाममुखि काम गर्न सकिनेछ । अध्ययनकै शिलशिलामा यात्रा गर्न सकिनेछ तथा अलि बढि समय दिए राम्रो नतिजा हात पार्न सकिनेछ ।

धनु (ये,यो,भा,भी,भू,ध,फा,ढा,भे) :-
लगानि गर्दा ध्यान दिनुहोला प्रतिफल पाउँन निकै समय खट्नु पर्नेछ । व्यापारमा लगानि गर्नको लागि केहि समय पर्खनुनै राम्रो रहेकोछ भने बिदेशी लगानिबाट सञ्चालित सस्थाबाट भने मनग्गे मुनाँफा कमाउँन सकिनेछ । बिदेश यात्राको गतिलो योग रहेकोछ भने बिदेशमा बसेर पेशा व्यावसाय गर्नेहरुका लागि समय फलदायि रहनेछ । पढाई लेखाईमा अलि बढि मेहनेतको खाचो पर्ने देखिन्छ ।

मकर (भो,जा,जी,जू,जे,जो,ख,खी,खू,खे,खो,गा,गी) :-
प्राकृतिक स्रोत साधन तथा पैत्रिक सम्पतिको प्रयोग मार्फन मनग्गे धन आर्जन गर्न सकिनेछ । व्यापार व्यावसाय फस्टाएर जानेछ भने दैनिक मुनाँफामा बृद्धि भएर जानेछ । पढाई लेखाईमा उत्कृष्ट अंक ल्याउँदै अरुभन्दा अग्र स्थानमा तपाईको नाम आउँनेछ । माया प्रेममा रमाउन चाहनेहरुका लागि समय उत्तम रहेकोछ । भौतिक सम्पति हात लागी हुने योग रहेकोछ ।

कुम्भ(गू,गे,गो,सा,सी,सू,से,सो,दा)
आफन्त तथा बुवा सरहका मानिस सँग मनमुटाब सिर्जना हुनेछ । व्यापार व्यावसायबाट न्यून आम्दानि हुनेछ । राजनिति तथा समाजसेवामा जनताको काम गर्न नसकिने हुदा ईज्जत प्रतिष्ठामा कमिको महशुस हुनेछ । सरकारि काममा सेवा प्रवाह गर्नेहररुको ढिलासुस्तिले समयमा काम बन्ने छैन । अध्ययन तथा अध्यापनमा समय बढिनै लगानि गर्नपर्ने देखिन्छ ।

मीन(दी,दू,थ,झ,ञ,दे,दो,चा,ची) :-
खोज तथा अनुशन्धानको शिलशिलामा लामो दुरिको यात्रा हुने योग रहेकोछ । धार्मिक प्रतिष्ठान तथा मन्दिर तिरको यात्रा गरि टिका तथा प्रसाद ग्रहण गर्ने अवसर जुर्नेछ । भाग्यले साथ दिने हुनाले सानो लगानिबाट मनग्गे धन आर्जन गर्न सकिनेछ । आफन्त तथा दाजुभाईको सहयोग पाईने हुनाले मन प्रशन्न हुनेछ । प्रेममा रमाउँन चाहनेहरुका लागि समय फलदायि रहनेछ ।



